नेहरुले मानेनन् नेपाललाई भारतको प्रान्त बनाउने अफरः प्रणव मुखर्जीको किताबको दाबी

२२ पुस, एजेन्सी ।
भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुसँग नेपाललाई भारतको प्रान्त बनाउन मागसहित राजा त्रिभुवन वीर विक्रम शाहले प्रस्ताव पेश गरेको दाबी भारतका दिवंगत राष्ट्रपति प्रणव मुखर्जीको चर्चित किताब द प्रेसिडेन्सियल इयर्समा गरिएको बताइएको छ।

Advertisement

उक्त किताबमा भारतका पहिलो प्रधानमन्त्री नेहरुबारे एक खुलासा भएको उल्लेख गर्दै नवभारत टाइम्सले किताबमा नेहरुलाई राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउन अफर गरेको विषय उल्लेख गरिएको जनाएको हो।

किताबमा प्रणबले यदि नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए परिणाम अर्कै हुने थियो भनेर समेत चर्चा गरिएको बताइएको छ। पूर्व राष्ट्रपतिको किताबमा नेहरुको स्थानमा गान्धी भएको भए मौका खेर नजाने थियो भने दाबी गरिएको छ।

Advertisement

किताबको ११ औं च्याप्टरमा प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परेन्ट्समा नेहरुले राणा शासक र राजा त्रिभुवनले उक्त प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा राजा त्रिभुवनले नेपाललाई भारतको एक प्रान्त बनाउन प्रस्ताव गरिएको उल्लेख गरिएको छ।

तर नेहरुले उक्त प्रस्ताव अस्विकार गरेको बताइएको छ। प्रणव मुखर्जीको किताबमा नेहरुको ठाउँमा उनकी छोरी इन्दिरा गान्धी भएको भए उक्त अवसर खेर जाने थिएन भनी दाबी गरिएको छ।

Advertisement

त्रिभुवनले नेपाललाई आफ्नो प्रान्त बनाउन अफर गरे पनि नेहरुले उक्त प्रस्ताव अस्विकार गरेका थिए। नेहरु चाहन्थेः नेपाल एक स्वतन्त्र देश नै रहोस् ।

तर इन्दिरा गान्धीले उक्त अवसर भेटेको भए सिक्किम झै विलय गराउँथेः मुखर्जीको किताबमा यस्तै लेखिएको नवभारत टाइम्सको दाबी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top