नेम्वाङको निरीहताप्रति दया लाग्योः गगन थापा

२१ पुस ७७, बुधबार

२२ पुस, विराटनगर ।
नेपाली कांग्रेसका नेता गगन थापाले संविधानमा ‘कु’ हुँदा समेत नबोल्ने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निरीहताप्रति आफूलाई दया लागेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आजदेखि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर–‘श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो ।

Advertisement

मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ । अफसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ ।

आफैँले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।’

Advertisement

उनले संविधानमा प्रतिनिधिसभा विघटनको यस्तो अवस्थाको परिकल्पना नगरिएको भन्दै उनले संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा, समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा नेम्वाङलाई जानकारी रहेको थापाले उल्लेख गरेका छन् ।

उनले संविधान बनाएको संविधान सभाको नेताले संविधानको पक्षमा उभिने साहस गर्न नसकेको भन्दै संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top