भारतमा बर्ड फ्लु देखिएसंगै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ

२२ पौष, काठमाडौं । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाईएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले जानकारी दिए ।

अनुसन्धानका लागि ल्याइने पशुपंक्षीहरु भने सम्बन्धित निकायको प्रमाणिकरण हेरेर मात्रै नेपाल भित्रन दिईने उनको भनाइ छ । यस्तै भारतमा देखिएको बर्ड फ्लु नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् ।

Advertisement

नेपालमा संक्रमण भित्रन नदिन के गर्ने भन्नेबारे छलफल सुरु भएको र आवश्यक निर्णय लिईने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालमा बर्डफ्लु भित्रन नदिनेबारे केही बेरमा पशु सेवा विभागले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारीसमेत गरेको छ ।

भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपंक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागिएको हो ।

Advertisement

बर्ड फ्लु देखिएको भारतका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ । भारतको हिमाञ्चल प्रदेशको पोङ् ड्येम क्षेत्रमा मात्रै २४ सय भन्दा धेरै पंक्षी बर्ड फ्लुका कारण मरेको हिमाञ्चल प्रदेशका बर्ड फ्लु विशेषज्ञ डाक्टर विक्रम सिंहले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top