बजार अनुगमन शुन्य : कुखुराको मासु प्रतिकिलो १४० रुपैँयाले बढ्यो

२२ पुस ७७, बिहीबार

काठमाडौँ : राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् ।

मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मुल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन नभएकै हुँदा बजारमा विचौलियाको अराजकता बढेको अध्यक्ष महर्जनको भनाइ छ ।

Advertisement

‘पछिल्लो समय होटेल व्यवसाय ठप्प छन् । पुस महिनामा कुनै विहे ब्रतबन्ध । अन्य समय भन्दा मासुको खपत पनि कम हुन्छ, । त्यसकारणले पनि अहिले कुखुराको मासुको मुल्य कम हुने पर्ने हो ।’ उनले भने, ‘ तर यहाँ उल्टो भएको छ । व्यापारीले दैनिक १० रुपैयाँका दरले कुखुराको मासुमा मुल्य बढाउने काम गरेका छन् । अघिल्लो महिना २ सय ८० रुपैयाँमा पाउने प्रतिकेजी कुखुराको मासुमा पुस महिना सुरु भए देखि मासुमा मुल्य बढाएर ४ सय रुपैयाँ देखि ४ सय २० रुपैयाँ लिन थालेका छन् ।’, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top