×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

ट्रम्पलाई तत्काल बर्खास्त गरिनुपर्ने उनकै पार्टीका नेताहरूको भनाई

२३ पुष २०७७

२३ पुस, एजेन्सी ।
राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन डोनाल्ड ट्रम्पले अनेक हथकण्डा अपनाउँदा अमेरिका अहिले तनावग्रस्त बनेको छ।

ट्रम्पका समर्थकले अमेरिकी संसदमा गरेको आक्रमणमा घाइते भएकी महिलाको मृत्यु भएपछि वासिङटन डिसीमा कर्फ्युको स्थिति छ। घटनापछि रिपब्लिकन पार्टीकै नेताहरूले ट्रम्पको जमेर आलोचना गरेका छन्।

Advertisement
Advertisement

ट्रम्पलाई प्रतिस्थापन गर्दै डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपति पदको सपथ लिँदैछन्। तर‚ ट्रम्पको हर्कतबाट आक्रोशित उनकै पार्टीका केही नेताले ट्रम्पलाई तत्काल बर्खास्त गरिनुपर्ने धारणा राखेका छन्।

‘उनलाई महाभियोग लगाएर तत्काल हटाइनुपर्छ’‚ एक रिपब्लिकन नेतालाई उधृत गर्दै सिएनएनले लेखेको छ। अर्का एक पूर्व सरकारी वरिष्ठ अधिकारीलाई उधृत गर्दै सिएनएनले थोरै समय मात्रै कार्यकाल बाँकी भए पनि ट्रम्पलाई हटाउनुपर्ने पर्याप्त आधार देखिएको बताएको छ।

‘उनीबाट यो प्रणालीमाथि नै धक्का दिने काम भएको छ’‚ उनले भने‚‘त्यस्तालाई दुई हप्ता मात्रै बाँकी भए पनि कसरी पदमा राखिराख्न मिल्छ ?’ अमेरिकी सिनेटले मतदानमार्फत ट्रम्पलाई अयोग्य ठहर्यारउन सक्ने कानूनी प्रावधान छ।

अर्को‚ २५ औं संशोधनका आधारमा उपराष्ट्रपति माइक पेन्स र मन्त्रिपरिषद्को बहुमतले पनि ट्रम्पलाई अयोग्य ठहर्याशउन सक्छ। यसबारे अमेरिकी मिडियामा बहस सुरू भएको छ।

मन्त्रीहरू बीच नै यस विषयलाई लिएर छलफल सुरू भएको सिएनएनले दाबी गरेको छ। तर‚ बहुमत सदस्य ट्रम्पका विरुद्ध उभिन्छन् या उभिँदैनन् भन्ने प्रष्ट भइसकेको छैन।

‘राष्ट्रपतिको पदमा रहेको मान्छेले भिड जम्मा गरे‚ उक्साए र आगो दन्काउने काम गरे’‚ रिपब्लिकन पार्टीका जनप्रतिनिधि मध्येका एक लिज चेनीले भने। अर्का जनप्रतिनिधि एडम किन्जिन्गरले भने‚‘ट्रम्प कायर हुन्।

Advertisement
Advertisement

उनले मैले चुनाव हारें‚ गणना अघि बढाऔं भन्नुपर्थ्यो। उपराष्ट्रपति पेन्सले ट्रम्पविरुद्ध कदम चाल्नैपर्छ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top