आज राष्ट्रियसभाको बैठक बस्दै

२३ पुस ७७, बिहीबार

२३ पुस, काठमाडौं ।
राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

Advertisement

दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची छ।

साथै बैठकमा राष्ट्रियसभाका अध्यक्षले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्। थप कार्यसूची विहान साढे ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकले तय गर्ने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।

Advertisement

उनकाअनुसार आज विशेष समयमा राष्ट्रियसभा सदस्यले आफ्नो धारणा पनि राख्नेछन्। प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा खासै एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।

सचिव फुयाँलले भने आजै अधिवेशन अन्त्य नहुने बताए। वर्षे अधिवेशन अन्त्य भएको ६ महिनापछि गत पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top