×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

कारोनालाई अवसर बनाउँदै फेरियो भक्तपुर अस्पताल

२३ पुष २०७७

२३ पुस, रासस ।
कोरोनाभाइरस महामारीका बेला राम्रो सेवा दिएर भक्तपुर अस्पताल बागमती प्रदेशको उत्कृष्ट अस्पताल बनेको छ।

स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा समेत यो अस्पताल उत्कृष्ट बन्न सफल भएको छ। एक वर्षभित्र अस्पतालमा व्यापक परिवर्तन भएको हो।

Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने टोलीले अस्पतालको स्थलगत अध्ययन गरी दिएको अङ्कको आधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अङ्क हासिल गरेको हो।

अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाले बताए। गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले ३८ अङ्क मात्र पाएको थियो।

स्थापनाको एक शताब्दी बितिसक्दा पनि सेवा दृष्टिले पछाडि परेको भक्तपुर अस्पतालले बितेको एक वर्षमा काँचुली फेरेको छ। भक्तपुर अस्पताल कुनै बेला रिफरल अस्पतालको रूपमा परिचित थियो।

यहाँको सेवाप्रति जनताको विश्वास हट्दै गएको थियो। उपचारका लागि दक्ष जनशक्तिको अभाव थियो। दरबन्दीअनुसार चिकित्सक पाउन मुस्किल थियो। एक्स–रे, ल्याबलगायतको सेवा नियमित थिएन तर अहिले अवस्था फेरिएको छ।

अस्पतालले बितेको एक वर्षमा गरेको एकपछि अर्को सुधारका कार्यक्रमले अस्पतालको साख बढ्न थालेको छ। अस्पतालको स्थापना राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १७ असार १९६१ मा ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट भएको हो।

कोरोनाले जुटाएको अवसर

विश्वभरि महामारीको रूप लिएको कोरोनाभाइरसले हरेक क्षेत्रलाई असर गरे पनि स्वास्थ्य क्षेत्रमा भने अवसर पनि जुटाइदिएको छ। यसको एउटा प्रत्यक्ष उदाहरण भक्तपुर अस्पताल पनि बनेको छ।

अस्पतालले कोरोना महामारीका बीच नै भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा ल्यायो। कोरोनाको जोखिमका कारण अन्य अस्पतालले नियमित सेवा बन्द गरेको अवस्थामा भक्तपुर अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सबै सेवालाई नियमित सञ्चालन गर्यो।

यसले सरकारी अस्पताल जनताको अस्पताल हो भन्ने सन्देश दिन सफल भएको अस्पतालका डा. दीपक भण्डारीले बताए। उनले भने, “पहिला आइसियु सञ्चालन गर्न नसकेको अस्पतालमा कोभिडको बेला आइसियु सञ्चालन गरेर सबै सेवा यही उपलब्ध गरायौँ।

अरुबेला रिफर गर्नुपर्ने केसहरु कुनै पनि रिफर गर्नु परेन। यसले गर्दा जनताको विश्वास जित्न सफल भयौँ।” भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्षपछि गत आश्विन पहिलो सातादेखि आइसियु सञ्चालनमा ल्याएको हो।

सरकारले ‘कोरोना ‘हब’ अस्पताल बनाएपछि भक्तपुर अस्पतालले वर्षौंदेखि थन्किएका सामान र आइसियुका भेन्टिलेटरसहितका उपकरण र बागमती प्रदेश सरकारले पठाएको सामग्रीबाट पाँच वटा भेन्टिलेटर र छ शय्याको आइसियु सञ्चालनमा ल्याएको छ।

तीमध्ये तीन वटा भेन्टिलेटरसहित चार शय्या कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ। अस्पतालले सरसफाइ क्षेत्रमा पनि उल्लेख्य सुधार गरेको छ । कुनै बेला दुर्गन्धले भरिपूर्ण हुने यस अस्पतालमा अहिले फोहोरको उचित व्यवस्थापन हुँदै आएको छ।

अस्पतालले बायोग्यास प्लान्ट स्थापना गरेको छ। प्लाष्टिक र कागजजन्य फोहोरको व्यवस्थापनका लागि नगरपालिकासँग सम्झौता गरेको छ।

यस्ता छन् सुविधा

प्रदेशस्तरीय भक्तपुर अस्पतालमा हाल १०२ शय्या छन्।

तीमध्ये १० शय्या इमर्जेन्सी सेवामा छ। बाँकी ९२ श्ययामध्ये कोरोना स्ङ्क्रमितका लागि २०, प्रसूति सेवाका लागि २५, मेडिकल वार्डमा २१, सर्जिकल वार्डमा २० र आइसियुमा छ शय्या छन्। तीन वटा भेन्टिलेटर सञ्चालनमा छन्।

केही महिनापछि हाइकेयर युनिट (एचसीयू)को रूपमा ७५ शैया सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्। “एचसीयूका लागि आवश्यक सामग्रीको लागि बोलपत्र आह्वान गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको छ”, उनले भनिन् ।

भक्तपुर अस्पतालले एक वर्षमा एक हजार ६६२ वटा शल्यक्रिया गर्न सफल भएको मेसु गौतमले बताइन्। “पहिलाजस्तै अलिकति क्रिटिकल भयो कि रिफर गर्ने सिस्टम पूर्णरूपमा बन्द गरिसक्यौँ।

हामीसँग भएको इक्विपमेन्टले भ्याएसम्म सबै शल्यक्रिया यही गरिरहेका छौँ। एक–दुई वटा हामीले गर्न नसकेको मात्र रिफर गरी पठाएका छौँ”, उनी भन्छिन्।

अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको उनको भनाइ छ। दरबन्दीअनुसार नेपाल सरकारका १२९ जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने हो।

तर, हाल ५५ जना मात्र उपलब्ध छन्। “अपुग जनशक्ति व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिरहेका छौँ”, उनले भनिन्। अस्पतालमा हाल १४५ स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्।

भक्तपुर अस्पतालमा हालै ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ। छिट्टै पार्किन्सोनिजम (बिर्सिने रोग)को उपचार थाल्ने प्रक्रिया अगाडि बढाएको छ। आँखाको शल्यक्रिया गर्ने सेवा विस्तार गर्न तिलगङ्गा अस्पतालमा कुराकानी भइरहेको गौतमले जानकारी दिइन्।

त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा गौतमले जानकारी दिइन्।

अस्पतालले पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ। अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ ।

अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा छ। खुट्टा, छाती, पेटलगायत विशेष अङ्गको भिडियो एक्सरे सेवा र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ।

अस्पतालका सूचना अधिकारी डा सुनिल ढुङ्गेलले अस्पतालमा अहिले सहकार्य र टिम वर्कको विकास भएकाले सुधार आएको बताए। उनले भने, “पहिला अस्पतालमा टिम वर्क हिसाबले काम गरौँ भन्दा मनमुटाव हुने अनेकौँ समस्या आउँथ्यो तर त्यो सबै हराए।

Advertisement

सबै जना मिलेर काम गरेकाले अहिले काम गर्ने वातावरण एकदमै उत्साहजनक देखिएको छ।”

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top