प्रचण्ड-माधव समूहले माग्यो प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीसँग स्पष्टिकरण

२३ पौष, विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ ।

Advertisement

नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएकालाई प्रचण्ड– माधव समूहले निलम्बन गर्ने तयारी गरेको छ ।

पार्टीको संसदीय दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत काम गरेको भन्दै प्रचण्ड माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री, हिक्मत कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, नेकपा संसदीय दलको प्रमुख सचेतकबाट हटाइएका बुद्घिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टिकरण सोधेको हो ।

Advertisement

हालसम्म ओली समूहमै रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतलाई भने स्पष्टिकरण सोधिएको छैन ।

ओली समूहले प्रमुख सचेतकलाई जानकारी नदिई मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै गत बिहीबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ मध्ये १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

Advertisement

गत १५ पुसमा प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेको थियो । १९ पुसमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई जिम्मेवारीबाट हटाएको थियो ।

‘पार्टीको विधान विपरीत काम गरेकाले स्पष्टिकरण सोधिएको छ’ प्रचण्ड– माधव समूहमा रहेका नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले भने ‘जवाफ पेस नगरे निलम्बन हुनसक्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top