प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने कि नमिल्ने: रमेशजंग रायमाझी

२३ पौष, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिएका हुन् ।

उनले भने ‘असंवैधानिक कदम चालिसकेपछि निर्वाचनको कुरा गरिएकोछ । अगाडि के हुन्थ्यो भने निर्वाचनमा जाने भएपछि त्यो कामचलाउ प्रधानमन्त्रीको रुपमा लिइन्थ्यो । अहिले प्रधानमन्त्री मन्त्रिमण्डल पुनरगठन गरिराख्नु भएको छ । निर्वाचन हारेका मान्छेलाई, निर्वाचनमा पराजित भएका मान्छेलाई ल्याएर मन्त्री बनाईराख्नु भएको छ । संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । अरु राजनीतिक दलले संविधान मानिदिनुपर्ने । प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको । उहाँले जे मनलाग्यो त्यही गर्ने ।’

यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत समेत सांसद रायमाझीले बताए । संविधान अनुसार प्रधानमन्त्री रहन प्रतिनिधि सभाको सदस्य हनुपर्ने, बुहमत सांसदको समर्थन हुनुपर्ने र मानिसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने की नमिल्ने भन्दै प्रश्न गरे ।

उनले भने ‘ एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ । प्रतिनिधि सभाको सदस्य हुनुपर्छ पहिलो योग्यता । दोस्रो बहुमत सदस्यहरुको सदस्य हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठिक भएको हुनुपर्छ । अब अहिले प्रधानमन्त्री भन्ने की नभन्ने उहाँलाई । उहाँ यो मुलुकको प्रतिनिधि सभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यहरुको समर्थन उहाँलाई देखिदैन । यो खालको संविधान मिचेर काम गर्ने प्रधानमन्त्रीलाई अर्को मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्री हुन पाउनेछैन भनेर हाम्रो संविधानमा भनेको छ । त्यसकारणले असंवैधानिक कार्य गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ की हुँदैन । मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ की मिल्दैन ।’

सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेको समेत बताए । प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएको समेत आरोप लगाए ।

उनले भने ‘यो कदम असंवैधानिक हो । यो अत्यन्तै असंवैधानिक अलोकतान्त्रिक र हामीले भनेजस्तै अधिनायकबादको बाटोमा हिंडनको लागि यो सरकारले आफ्नो रेखा कोरिरहेको छ । राष्ट्रपतिले हरेक कागजमा सही गराउने । राष्ट्रपति नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हो, नेकपाको कार्यकर्ता हो ? मुलुकलाई अहलेको अवस्थामा ल्याउन कम्युनिष्ट पार्टी जिम्मेवारी भएको समेत सांसद रायमाझीले बताए । उनले प्रधानमन्त्रीले अदालतलाई प्रभावित गर्ने गरी बोल्दै हिंडेको समेत बताए । परम्परालाई देखाएर प्रतिनिधि सभा विघटन गरिएको भन्दै सांसद रायमाझीले २ सय ३७ वर्षको परम्परालाई नै व्युताउन खोजिएको हो भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्री ओली कै कारण अहिले राजावादीहरु सलबलाएको समेत बताए ।

उनले भने ‘हाम्रो परम्परा भनिदिने । हाम्रो परम्परा २ सय ३७ वर्षको परम्परा छ यो मुलुकमा । राजतन्त्रले सत्ता चलाएको । हामी त्यो परम्परा फेरी ल्याएर राख्ने । आज सडकमा राजाका कुराहरु उठिरहेका छन् । यसलाई प्रोत्साहित गर्नेकाम कसले ग¥यो । हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।’

सासंद रायमाझीले प्रधानमन्त्री ओलीलाई संविधान राम्रोसँग पढन समेत आग्रह गरे । उनले भने ‘यो संविधानको धारा ७६ मा राष्ट्रपतिलाई भनिएको छ र ८५ भनिएको छ कुनैपनि मध्यावधि निर्वाचनको लागि बैकल्पिक सरकार बन्न सक्दैन भने मात्र ती कुराहरुमा मध्यावधिमा जान सक्ने भनिएको छ । त्यसकारण यो संविधान पढ्नको लागि सम्माननिय अध्यक्ष ज्यूमार्फत प्रधानमन्त्रीसम्म पुगोस भन्ने आग्रह गर्न चाहन्छु ।’

सरकारले संमृद्धिको सपना देखाएको तर समृद्धिका लागि कुनै काम नगरेको पनि रायमाझीले बताए । कोभिडमा भ्रष्ट्राचार भयो, गोकर्ण रिसोर्टको विषयमा ५० करोड रुपैयाँ बढी अनियमितता भयो तर कम्युनिष्ट नेताहरुले प्रश्न नउठाउँदा अहिलेको अवस्था आएको बताए । कोभिडका कारण आक्रान्त भएका नागरिकको उपचार गर्न पैसा नहुने तर चुनाव गर्नका लागि अर्बौं रुपैयाँ कहाँबाट आउँछ भन्दै प्रश्न गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top