नेकपा ओली समूहको प्रदेश आमसभाले दियो निर्वाचनको रौनक

२५ पुस, धनगढी ।

प्रतिनिधिसभा विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिलो पटक शुक्रबार आयोजना गरेको सदूरपश्चिमस्तरीय आमसभाले मध्यावधि निर्वाचनका लागि उत्साहको वातावरण सिर्जना गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक परिस्थितिमा पहिलो पटक काठमाडौँ बाहिर पार्टीले आयोजना गरेको बृहत् कार्यक्रममा सुदूरपश्चिमलाई प्राथमिकतासहित उपस्थिति भई सम्बोधन गर्नाले उत्साह देखिएको हो ।

कैलालीको धनगढीस्थित खुल्लामञ्चमा अपराह्न आयोजित सभामा कार्यकर्ता र जनस्तरको उपस्थितिले निर्वाचनको रौनक प्रदर्शन गरेको थियो । प्रधानमन्त्री ओली धनगढी आउने भन्ने सूचनाले नै केही दिनदेखि यहाँ राजनीतिक चासो बढाएको थियो भने तयारीका क्रममा पार्टीका केन्द्रीय र प्रदेशस्तरका नेता, सङ्घीय मन्त्रिगण गत सातादेखि जुटेका थिए ।

Advertisement

प्रधानमन्त्री ओली गत निर्वाचनअघि तत्कालीन नेकपा (एमाले) ले आयोजना गरेको राष्ट्रियताका लागि ‘मेची महाकाली जागरण अभियान’ पछि आज पहिलो पटक पार्टीको राजनीतिक सभाका लागि यस प्रदेशमा आएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्र र गणतन्त्रका लागि ५० वर्ष लामो सङ्घर्ष गरेको बताउँदै देश र जनताका पक्षमा काम गर्न नदिइएकाले ताजा विकल्पका लागि नयाँ जनादेशमा जाने निर्णय गरिएको जनाए ।

Advertisement

आफू मुलुकको विकासनिर्माणमा केन्द्रित भएको बताउँदै उनले प्रतिनिधिसभा पुनःस्थापना नहुने भएकाले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट गरे । उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूभाग भएकाले त्यसलाई भारतले ससम्मान फिर्ता दिने विश्वास व्यक्त गरे । उनले सरकारले नेपाली भूभाग समावेश गरेर नयाँ नक्शा प्रकाशन गरेपछि देशभित्रकै नक्कली राष्ट्रवादीहरुलाई पिर परेको टिप्पणी पनि गरे ।

उनले सुदूरपश्चिम प्रदेशबाट सधैँ एकै व्यक्तिलाई मन्त्री बनाउने परम्परा तोडेर आफूले एकै पटक चार जनालाई मन्त्री बनाएको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् आयोजनालाई लगानी जुटाएर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

धनगढी विमानस्थलमा आज बिहान ११ः ३० बजे अवतरण हुनुभएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्त, सङ्घीय मन्त्री एवं पार्टीका प्रदेश संयोजक लेखराज भट्ट, पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । विमानस्थलदेखि धनगढीसम्म प्रधानमन्त्री सवार गाडीको अगाडि पछाडि कार्यकर्ताको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो ।

प्रधानमन्त्री ओली विमानस्थलबाट ¥यालीसहित नेपाल राष्ट्र बैङ्कको आवासगृहमा पुग्दा त्यहाँ पनि ठूलो सङ्ख्यामा उपस्थित नेताकार्यकर्ताले कम्युनिष्ट पार्टीको झण्डा र सूर्य चिह्नाङ्कित झण्डा फहराउँदै स्वागत गरेका थिए ।

त्यहाँ नेता कार्यकर्तासँग भेटघाटका साथै अध्यक्ष ओलीले केन्द्रीय समितिमा मनोनयन भई शपथ लिन बाँकी सदस्यलाई शपथ गराउनुभएको थियो । शपथग्रहणमा हालै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएका झपटबहादुर बोहरालगायत थिए ।

नेकपा कैलालीका जिल्ला अध्यक्ष रतन थापाले आन्तरिक विवाद भए पनि आधिकारिक पार्टी आफूहरुको नै हुने र देशको समृद्धि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको नेतृत्वमा सम्भव हुने भएकाले निर्वाचनमा लाग्न आग्रह गर्दै आजको सभाले त्यसतर्फ थप वातावरण निर्माण गरेको बताए । उनले नेपालको समृद्धिको आशा एवं भरोसाका लागि ओली नेतृत्वको नेकपालाई प्रदेशका कार्यकर्ता र जनताले हेरिरहेको जनाए । नेकपाले सुदूरपश्चिम प्रदेश कमिटीलाई विस्तार गरेपछि अब जिल्ला र पालिकास्तरमा सङ्गठन विस्तारको क्रम चल्ने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top