कतारको छिमेक सम्बन्धमा नयाँ फड्को, कतारी अमिरमाथि जनताको अपार समर्थन

२५ पुस, दुबई।

साढे तीन वर्षअघि कतारी नागरिकहरु बिहान उठ्दा छिमेकी मुलुकहरुले कतारमाथि अनायास नाकाबन्दी लगाएको थाहा पाएर आश्चर्यचकित भएका थिए, र यसै साता फेरि उलटफेर भयो । त्यो नाकाबन्दी फेरि रातारात समाप्त गरियो ।

नाकाबन्दी आफैंमा निकै पिडादायी हुने गर्दछ र त्यसले छिमेकी मुलुकहरुबीच तनाबको वातावरण सिर्जना गर्नुृ अनौठो होइन । नाकाबन्दी खेपेका साढे तीन वर्ष तिक्ततापूर्ण रह्यो । कतार र यसका अरब छिमेकी मुलुकहरुबीच हिलो छ्यापाछाप भयो, संचार माध्यममा गालीगलौज छापिए, प्रशारण भए, सामाजिक सञ्जालमा ट्रोल बनाइए, अमेरिकासँग सम्बन्ध सुधारका लागि निकै महँगो सौदाबाजी गरिए र ह्याक गरिएका र सूचना चुहावटका आरोप–प्रत्यारोप चले ।

कतारलाई बहिस्कार किन गरियो भनेर प्रश्न गरिए साउदी अरेबिया, युनाइटेड अरब ईमिरेट्स, बहराइन र इजिप्टमा त्यसलाई फौजदारी अपराध सरह मानियो । किनभने यी चार राष्ट्रले कतार विरुद्ध कठोर दण्ड दिने भन्दै कुटनीतिक र व्यापारिक समेत सबै किसिमबाट नाकाबन्दी गरेका थिए ।

खाडी क्षेत्रको सानो मुलुक कतारले तुलनात्मक रुपमा ठूला र शक्तिसम्पन्न चार राष्ट्रबाट भएको नाकाबन्दीलाई डटेर सामना गरेको थियो । शुरुमा अमेरिकाले कतारमाथि दबाब दिएपनि पछि अमेरिकाबाट साथ सहयोग पाएको कतारले टर्की, इरान र इस्लामिक दक्षिणपन्थीहरुसँग सम्बन्ध बलियो बनाएको थियो ।

“विदेश नीतिको सन्दर्भमा नाकाबन्दीको अन्तर्राष्ट्रिय सम्बन्धमा कतारले आफूलाई धेरै फेरबदल गर्नु परेको थिएन किनभने नाकाबन्दी गर्नुपर्ने कारणको जग नै निकै कमजोर थियो,” कतारस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी सहायक प्राध्यापक जोसलिन साज मिचेल बताउँछन् ।

उहाँको भनाईमा कतारलाई एक्ल्याउने चार राष्ट्रको अभियान असफल भएको थियो । अमेरिकामा बाइडेन प्रशासनले सत्ता सम्हालेपछिको परिदृश्यले पनि कतारलाई लाभ पुगेको मानिन्छ । बाइडेन प्रशासनले साउदी अरेबियामाथि कडा नीति अख्तियार गर्ने र इरानसँगको सम्बन्धमा पनि पुनरावलोकन गर्ने सम्भावना छ ।

“कतारका तर्फबाट कुनै नीतिगत परिवर्तन गरिहाल्ने अवस्था मैले देखेको छैन,” उनले भने, “दोहालाई वास्तवमै प्रयोग गरिएको छ, र मान्यता दिइएको छ ।”

सोमबार राति, साउदी अरेबियाले कतारमाथिको प्रतिबन्ध फुकुवा गरेको छ, र आफ्नो आकाश हवाई उडानका लागि खुला गरिएको छ । केही दिनभित्रै जमिनबाट पनि आवातजावत फुकुवा हुँदैछ । मंगलबार, खाडी क्षेत्रका नेताहरु र इजिप्टका प्रतिनिधिहरु साउदी अरेबियामा भेला भएका थिए । त्यस भेलामा सहभागी खाडी राष्ट्रका चारै सदस्यले कतारमाथि लागेका प्रतिबन्ध र नाकाबन्दी अन्त्यको घोषणा गरे ।

सबैभन्दा अनौठो त साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले साउदी अरेबियाको अल–उलामा आयोजित शिखर सम्मेलनमा सहभागी हुन आएका कतारका सत्तासिन अमिरलाई अंगालो हालेर भव्य स्वागत गरेका थिए । साउदी राजकुमारले अमिरलाई साउदी अरेबियाको ऐतिहासिक मरुभूमिमा घुमाउन लैगेका थिए । कतारी अमिरले पनि आफू सवार जेटमा साउदी अरेबियाको एक भूपरिवेष्टित नजद क्षेत्रको नाम छापेर भातृत्व प्रदर्शन गरेका थिए ।

सन् २०१७ को मध्यमा संकट उत्पन्न हुँदा ३७ वर्ष पुग्नु भएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले त्यसबखत आफ्नो शासनकालमा सबैभन्दा ठूलो राजनीतिक चुनौतीको सामना गर्नु परेको थियो ।

नाकाबन्दीका शुरुका दिनहरुमा आत्तिएका कतारी नागरिकहरु खाद्य संकट झेल्नुपर्ने भन्दै राजधानी दोहास्थित खाद्यसामग्रीका पसलमा लामबद्ध देखिएका थिए । दूध र अन्य विदेशी आयातित खाद्य सामग्री पसलहरुमा रित्तिएका थिए । कतार सरकारले तत्कालै आफूसँग भएको नगद झिक्यो, वैकल्पिक सिपिङ र हवाई उडानका नयाँ रुट प्रयोग गरियो, ताजा डेरीको आपूर्तिलाई सहज बनाउन हजारौं गाई कतार ल्यायो र इरान एवं टर्कीसँगको सम्बन्धलाई थप प्रगाढ बनायो ।

कतारले पर्सियाली खाडी क्षेत्रमा नयाँ रणनीतिक महत्वको स्थानलाई प्रयोगमा ल्यायो । विश्वकै सर्वाधिक ठूलो तरल प्राकृतिक ग्यास उत्पादक राष्ट्र कतारले विश्वका प्रमुख शक्तिशाली मुलुकलाई निरन्तर आपूर्तिको व्यवस्था मिलाउनेक्रमलाई निरन्तरता दियो । निर्माणका सामग्रीको आपूर्तिलाई सहज तुल्याउन वैकल्पिक बाटाहरु खोलिए जसबाट नयाँ राजमार्गहरु, होटल र विशाल रंगशालाहरुको निर्माण सुचारु हुन सक्यो ।

संकट व्यवस्थापनमा शेख तमिमको सुझबुझपूर्ण व्यवहारबाट उनको लोकप्रियता कतारमा अरु बढ्यो । उनका तस्वीरहरु ठुल्ठूला भवन र कारका झ्यालमा टाँगिए । कतारको राष्ट्रिय सङ्ग्रहालयको एक कक्षमा राष्ट्रले सामना गर्नु परेको संकट व्यवस्थापन झल्काउने तस्वीरहरु राखिएका छन् ।

आर्थिक रुपमा, विश्वकै धनी राष्ट्रमा दरिएको कतारमाथि नाकाबन्दीले निकै ठूलो क्षति पुग्यो । कतार एयरवेज चार राष्ट्रले गरेको आकाश र बजार प्रतिबन्धले अर्बौं डलर नोक्सान भएको जनाएको छ । दबाबका बाबजूद कतारले स्वतन्त्र र सार्वभौम राष्ट्रको छवि कहिल्यै कमजोर हुन दिएन ।

“अहिले प्रतिबन्धहरु फुकुवा भइसकेको अवस्थामा कतारले आफ्ना केही नीतिहरुलाई नरम बनाउने तयारी गरेको छ, तर टर्कीसँगको सम्बन्ध तोड्ने सम्भावना छैन,” युरेसिया ग्रुपका मध्यपूर्व एवं उत्तर अफ्रिकी प्रमुख अहयाम कामेल बताउँछन् ।कामेलको विचारमा कतारले मुस्लिम ब्रदरहूड संस्थालाई दिइआएको सहयोग निरन्तर जारी राख्नेछ, र यसले अरु खाडी राष्ट्रलाई चिढ्याउने छ ।

संकट उत्पन्न भएका दिनदेखि चार राष्ट्रले कतारसामु १३ बुँदे मागको सूची प्रस्तुत गरेका थिए जसमा अल जजिरा समाचार संस्थाको कार्यालय बन्द गर्नुपर्ने थियो । साथै, आफ्नो भूमिमा सानो संख्यामा रहेका टर्केली सैनिक फिर्ता पठाउनु पर्ने, मुस्लिम ब्रदरहूडसँगको सम्बन्ध तोड्नु पर्ने तथा चार राष्ट्रबाट भागेर कतारमा शरण लिइरहेका राजनीतिक व्यक्तिलाई सुपुर्दगी गर्नुपर्ने सूचीमा समावेश थियो ।

कतारले चार राष्ट्रको यी मागलाई अस्वीकार गरिसकेको छ । सिएनएनसँगको अन्तर्वार्तामा एक जना वरिष्ट कतारी कूटनीतिज्ञ अन्वर गर्गासले मागको सान्दर्भिकता समाप्त भइसकेको स्पष्ट गरेका छन् । उनले अब गर्ने भनेकै विगतका तिक्ततापूर्ण सम्बन्धमा मल्हमपट्टी लगाउनु हो भने।

बुधबार दोहास्थित अल जजिराका अंग्रेजी र अरेबिक पेज सहित कतारी समाचार वेबसाइटहरु युएईमा ब्लक गरिएका थिए । तर युएईका समाचार माध्यमहरुले कतारमाथि नरम दृष्टिकोण राख्न थालेको आभाष पाइएको छ । युएई र साउदी अरेबियाका अखबारका प्रथम पृष्ठमा खाडी राष्ट्रको शिखर सम्मेलनका तस्वीरहरु छापिनुका साथै सकारात्मक समाचार शीर्षक राखिएका छन् । (अनुवादः सोमनाथ लामिछाने)

रासस–एपी

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top