१५ असोज , काठमाण्डौ ।
यस वर्षको दशैँमा नयाँ नोट साट्न विगतमा जस्तो निश्चित दिन कुर्न नपर्ने ।
नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि छुट्टै सूचना जारी गरी निश्चित दिन तोक्ने अभ्यास हटायो ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्ने ।
राष्ट्र बैंकका कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट सटही भइरहेको भन्दै बैंकले सहज स्थानबाट नोट साट्न गर्याे आग्रह ।

अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला नोट सटही गरेको थियो।
तर, यस वर्ष भने सर्वसाधारणलाई नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ ।
सार्वजनिक बिदाबाहेक अन्य सबै दिन नयाँ नोट साट्न सकिने ।
काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको छ भने देशभरका राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि सटही सुविधा उपलब्ध हुने ।
यस्तै, सर्वसाधारणलाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउन राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक नयाँ नोट उपलब्ध गराइसकेको मुद्रा व्यवस्थापन विभागको भनाइ ।
यस व्यवस्थासँगै दशैँका लागि नयाँ नोट साट्न राष्ट्र बैंकको कार्यालयमै लामो लाइन बस्नुपर्ने बाध्यता कम हुने अपेक्षा ।
सर्वसाधारणले नजिकको बैंक तथा वित्तीय संस्थाको शाखाबाटै आफूलाई आवश्यक नयाँ नोट साट्न सक्ने ।



