१५ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर र सिंगापुर डलरको भाउ बढेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ घट्यो ।
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम भएको छ भने युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा निर्धारण ।

अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा कायम ।
सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा कायम रहदा स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा निर्धारण ।

यस्तै, चिनियाँ युआनको बिक्रीदर २३ रुपैयाँ ३ पैसा, साउदी रियाल ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल ४२ रुपैयाँ ३६ पैसा र यूएई दिराम ४२ रुपैयाँ ४ पैसा कायम ।
कुवेती दिनारको बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनारको ४०९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकको सटहीदरमा उल्लेख ।



