आईसीसी क्रिकेट विश्वकपको समूह विभाजन, खेलतालिका सार्वजनिक

१६ असोज ८३, शुक्रबार
Share this
773shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह विभाजन र खेलतालिका सार्वजनिक ।

दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित कार्यक्रममा विश्वकपको समूह विभाजनसहित खेलतालिका सार्वजनिक ।

Advertisement

समूह ‘ए’ मा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाबे र छनोटबाट आउने एक टोली छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनोटबाट आउने अर्को टोली रहने ।

Advertisement

समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने ।

सन् २०२३ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै छैटौँ पटक उपाधि जितेको थियो।

नयाँ ढाँचाअनुसार मुख्य समूह चरणमा १२ टोली रहने ।

शीर्ष आठ ओडीआई वरीयताका टोली तथा सहआयोजक दक्षिण अफ्रिका र जिम्बाबेले सिधै स्थान बनाएका छन् भने विश्वकप छनोटको विजेता र अर्को चरणबाट आउने एक टोलीले स्थान बनाउने।

प्रत्येक समूहका शीर्ष तीन टोलीसँगै दुवै समूहका उत्कृष्टमध्ये अर्को एक टोली सुपर–७ चरणमा पुग्ने ।

राउन्ड रोबिन आधारमा हुने सुपर–७ बाट शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्ने ।

नेपालले विश्वकप छनोट प्लेअफ हुँदै छनोट पार गरे मुख्य समूह चरणमा पुग्ने अवसर पाउने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top