संघीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ असोज ८३, शुक्रबार
Share this
677shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची ।

Advertisement

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने ।

उनले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्ने ।

Advertisement

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले फोहरमैला व्यवस्थापन विधेयक तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित ऐन संशोधन विधेयक समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची ।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने ।

बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक पारित गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top