रातु नदीको बाँध तीन ठाउँमा भत्किँदा जलेश्वर जलमग्न

१६ असोज ८३, शुक्रबार
Share this
672shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

महोत्तरीमा रातु नदीको बाँध तीन ठाउँमा भत्किँदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न ।

बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि बाढीको पानी बस्ती र खेततर्फ पस्यो ।

Advertisement

बुधबार साँझदेखि जलेश्वरमा पानी पस्न थाले पनि निकासको उचित व्यवस्था नहुँदा पानी जम्दै गएर बजार क्षेत्रसमेत डुबानमा ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म सडक तथा बजार पानीले जलमग्न ।

Advertisement

बाँध भत्किएपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा लगाइएको धानबालीमा क्षति ।

स्थानीयका अनुसार वन्चौरी क्षेत्रमा गत वर्ष पनि बाँध भत्किएको थियो। हरेक वर्ष एउटै क्षेत्रमा बाँध भत्किँदा खेतीपातीमा क्षति हुने गरेको किसानको गुनासो ।

बाढीका कारण जलेश्वरमा यातायात सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भत्किएको बाँध तत्काल मर्मत गर्ने र जलेश्वरको पुछारबाट पानी निकासको व्यवस्था मिलाउने काम सुरु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top