×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

ट्रम्पको समर्थकनमा हिंसा भड्काउने ज्याक एन्जेलीसहित कम्तिमा १७ जना पक्राउ

२६ पुष २०७७

२६ पुस, एजेन्सी ।
अमेरिकी संसद भवनमा हिंसात्मक गतिविधिमा संलग्न भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु पक्राउ पर्ने क्रम जारी छ।

फेस पेन्टसहित सिङ्गयुक्त ‘ह्याट’ लगाएर संसद भवन आक्रमणमा संलग्न व्यक्ति पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनी आधारहिन कन्स्पिरेसी थ्यौरी क्यूएननका फलोअर रहेको जनाइएको छ।

Advertisement
Advertisement

ज्याकोब एन्थोनी चान्स्ली नाम गरेका ती व्यक्ति ज्याक एन्जेलीका रुपमा चिनिन्छन्। उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। उनीविरुद्ध हिंसात्मक गतिविधिमा संलग्न रहेको अभियोग दर्ता भएको छ। ज्याकोब एन्थोनीले आफूलाई क्यूएनन शम्यानका रुपमा चिनाउँछन्।

अमेरिकी संसद भवनमा बुधबार ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए। सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ।

सो आक्रमणका लागि उक्साएको अभियोग लागेका राष्ट्रपति ट्रम्प चौतर्फी आलोचनाको केन्द्रमा छन्। उनीमाथि पुनः महाअभियोग लगाउने तयारी समेत भएको छ।

बुधबार भएको आक्रमणमा सहभागी भएकाहरुको खोजीका लागि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ। पक्राउ परेका एन्थोनीले अहिलेसम्म आफूमाथि लागेका अभियोगबारे टिप्पणी गरेका छैनन्।

यस्तै सभामुख न्यान्सी पेलोसीको मञ्च स्ट्याण्ड बोक्दै गरेको देखिएका व्यक्ति पनि पक्राउ परेका छन्। उनी फ्लोरिडाका ३६ वर्षे एडम जोन्सन रहेको वासिङ्गटन डिसीका संघीय न्यायाधीवक्ताले बताएका छन्। उनीविरुद्ध सरकारी सम्पतीको चोरी तथा हिंसात्मक रुपमा प्रवेश गरेको अभियोग दर्ता भएको छ।

पक्राउ पर्नेमा वेष्ट भर्जिनियाका सांसद डेरिक इभान्स पनि रहेका छन्। उनले भिडियो अनलाइनमा पोस्ट गरेका थिए।

Advertisement

अहिलेसम्म कम्तिमा १७ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top