बेलायतमा रोकिएकालाई नेपाल भित्र्याउन नयाँ रणनीति बनाउँदै सरकार

२६ पौष, काठमाडौँ । सरकारले बेलायतमा रोकिएका यात्रुलाई नेपाल भित्र्याउन नयाँ रणनीति बनाउन थालेको छ । बेलायतमा नयाँ स्वरूपको कोरोना देखिएसँगै सरकारले त्यहाँबाट हुने आवागमनमा रोक लगाएपछि थुप्रै यात्रु अड्किएका छन् ।

उनीहरूलाई कसरी ल्याउन सकिन्छ भनेर छलफल भइरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बताए । ‘बेलायत आउन र जान ठप्प भएपछि यात्रुहरू मारमा परेका छन् । यसलाई मध्यनजर गरेर कसरी अघि बढ्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनले भने ।

अध्यागमन विभागले पुस ७ गते सूचना निकालेर बेलायतबाट नेपालमा प्रवेशमा रोक लगाएको थियो । बेलायतबाट यात्रुलाई सिधै वा ट्रान्जिट भएर आउन दिइए नेपालमा नयाँ भाइरस भित्रने उच्च जोखिम हुने आकलनसहित सीसीएमसीले स्वास्थ्य मन्त्रालयसहितका अधिकारीहरूसँग छलफल गरेको छ । ‘नयाँ कोरोना भित्रिए नेपालमा जोखिम बढ्ने अनुमान गरिएको छ,’ गुरागाईले भने, ‘त्यसका लागि अहिले नै होसियार हुनुपर्ने विषयमा छलफल भइरहेको छ ।’

Advertisement

सीसीएमसीमा भएको छलफलमा परराष्ट्र, अर्थ, रक्षा र स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्री कार्यालय, नेपाली सेना र अन्य सुरक्षा निकायको पनि सहभागिता छ । ती निकायहरू सीसीएमसी सचिवालयको सदस्यका रूपमा रहेका छन् ।

बेलायतबाट विमानमा नेपाल आउनेलाई कम्तीमा १० दिन क्वारेन्टिनमा राख्नुपर्ने प्रावधानसहितको स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सीसीएमसीको सचिवालयमा छलफल भइरहेको छ । मन्त्रालयका अनुसार बेलायतबाट आएका व्यक्ति नेपाल भित्रिएपछि १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था गरिए आवत–जावतलाई खोल्न सकिन्छ ।

Advertisement

तर बेलायतबाट एउटै विमानमा सबै यात्रु नआउने, अर्को मुलुकमा ट्रान्जिट भएर आउने र ट्रान्जिटमा अन्य मुलुकबाट आएका यात्रु पनि बेलायतबाट आएकाहरूसँगै मिसिएर आउने भएकाले मन्त्रिपरिषद्लाई यस विषयमा के सिफारिस गर्ने भन्ने निचोडमा सीसीएमसी पुगेको छैन ।

‘बेलायतबाट नै ट्रान्जिट भएर आउने र ट्रान्जिटमा बेलायतबाट आएको विमानमा आउने यात्रुलाई नेपाल आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले छलफल नै चलेको छ । केही दिनमा यस विषयमा टुंगो लाग्नेछ,’ सचिव गुरागाईंले भने ।

गत साता उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको नेतृत्वमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा पनि बेलायतमा फैलिएको नयाँ कोरोना भाइरसबारे चर्चा भएको थियो । बैठकमा उक्त नयाँ कोरोना भाइरसबाट नेपाल सुरक्षित हुनुपर्नेमा सम्पूर्ण सदस्यले जोड दिएका थिए ।

बेलायतबाट आउन निषेध भए पनि अन्य मुलुकबाट भने कोरोनाको स्वास्थ्य प्रोटोकललाई मानेर विदेशी र नेपाली यात्रु नेपाल आउन पाउँछन् । सीसीएमसीले गत चैतमा कोरोना संक्रमणका कारण लकडाउन गरिएयता विदेशबाट करिब १ लाख ४६ हजारलाई उद्धार गरेको छ । तिनमा १४ सय जना विदेशी नागरिक रहेको सचिव गुरागाईले बताए । कान्तिपुर दैनिकबाट ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top