अब गफ फिट्ने दिन गएः प्रधानमन्त्री ओली

२६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले इतिहासमा ’रेकर्ड’ कायम राख्ने धेरै काम गरेको दाबी गरेका छन् ।

एकैदिन तीन सय नौ अस्पताल शिलान्यास गरेर सरकारले अहिलेसम्मकै रेकर्ड कायम गरेको उदाहरण दिँदै उनले यस्ता थुप्रै काम अहिलेको सरकारले गरेको बताए ।

यसअघि एक वर्ष हैन धेरै वर्षसम्म पनि यो सङ्ख्यामा अस्पताल बनाउन शिलन्यासको कामसमेत नभएको भन्दै उनले सरकारले जनजीविकाका सवालमा धेरै काम गरेको बताए ।

Advertisement

आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब गफ फिट्ने दिन गएको समेत बताए । गफ गरेर बसेर मात्रै नहुने भन्दै उनले काम गरेर त्यसको उपलब्धि देखाउनुपर्ने बताए । आफूले गल्ती गरेको रहेछ भने नागरिकले दण्ड दिने भन्दै उनले खुट्टा नकमाइकन चुनावी मैदानमा आउन आह्वान गरे ।

यसैबीच उनले सरकारले नागरिकमा जागरण फैलाएकै कारण कोरोनालाई थप भयावह हुनबाट बचाएको दाबी गरेका छन् । उनले अनिवार्य हात धुन, विभिन्न जडीबुटीको प्रयोग गर्न र तातो पानी खान सल्लाह दिएर कोभिडसँग सामना गरिरहेको बताए ।

Advertisement

उनले कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा सरकार रहेको र केही समयमै कोभिडको समस्या समाधान हुने विश्वास गरे । नेपाली नागरिकको जीवन नै सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top