प्रदेश १ मा २३ जना काेराेना संक्रमित थपिए

२६ पुस ७७, आइतबार

२६ पुस, विराटनगर ।

Advertisement

प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ र बराहक्षेत्रमा १, झापाको गौरादह र कनकाईमा १–१, भोजपुरको स्थानीय तह नखुलेको १, उदयपुरको त्रियुगामा १, संखुवासभाको सभापोखरीमा १, ते¥हथुमको स्थानीय तह नखुलेको १ र इलामको माई नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९९६ पुगेको छ ।

Advertisement

प्रदेश १ मा आज ३५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३०, मेची अस्पतालमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजमा १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार २४७ पुगेको छ ।

प्रदेश १ मा आज ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top