पृथ्वीनारायण शाहको एकीकरणलाई जोडेर पर्यटन पर्वद्धन गरिने

२६ पुस ७७, आइतबार
Share this
757shares

२६ पुस, काठमाडाैँ ।

Advertisement

सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथानागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समितिनिर्माण गर्ने प्रक्रिया सुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए ।

आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताएका हुन् ।

Advertisement

पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट सुरु भएर विजयप्राप्ति भएको र देहवसान पनि नुवाकोट मै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने प्रक्रिया सुरु भइसकेको बताएका हुन् ।

Advertisement

सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताए । पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघसंस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top