देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसक्यो : पूर्वराजा शाह

२६ पुस ७७, आइतबार
Share this
798shares

२६ पुस, काठमाडौँ ।

Advertisement

पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । २९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ यस्को बारेमा समीक्षा गर्ने समय आएको उल्लेख गरेका छन् ।

उनले देशमा परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरिरहनु परेको उल्लेख गरेका छन्।

Advertisement

उनले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने औचित्य टड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी बचाउने भन्ने चिन्ता थपिएको बताएका छन् ।

पूर्व राजा शाहले दैविक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कुटनीतिक कौशलतको अद्धितीय क्षमताबाट पृथ्बीनारायण शाहले नेपालको एकीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गरेका छन्।

Advertisement

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले राष्ट्रको स्वाभिमान र स्वाधीनता रक्षाका लागि पृथ्बीनारायण शाहको दिव्योपदेशको मनन गर्न अझै आवश्यक रहेको उल्लेख गरेका छन्।

हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइन्छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राप्रपा लगायत केही दल र व्यक्तिहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top