आज ४८८ संक्रमित थपिँदा ५२७ जना डिस्चार्ज, थप १० संक्रमितको मृत्यु

२७ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै देशभर संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ भने क्वारेन्टाइनमा २३७ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ५२७ जना निको भइ डिस्चार्ज भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९२७ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top