×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा

२७ पुष २०७७

२७ पुस, कर्णाली ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् ।

Advertisement
Advertisement

यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको सङ्कलन र बिक्रीवितरण गर्ने यो उचित समय पनि हो । अदुवा कृषकले आफ्नो उत्पादनका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् ।

आफ्नो उत्पादनले बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवाखेतीमा बढ्दै गएको छ । यसअघि परम्परागतरुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिकरुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेका छन् ।

चौरजहारी नगरपालिका– ९ रुकुमपश्चिम खोलागाउँका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकी भन्छन्, “उतिबेला बजार पहुँच नहुँदा उत्पादित अदुवा सामान्यतः बेच्ने र नासोका रुपमा आफ्ना इष्टमित्रलाई दिइन्थ्यो । धेरैले यसको महत्व बुझिसकेका थिएनन् । कति अदुवा त बारीमा नै सडेर जाने गथ्र्यो । अहिले त बारीमै खन्दै गरेको अदुवा किन्न व्यापारी त्यही पुग्छन् ।”

बुढाथोकीले थपे, “समय धेरै बदलिसकेछ । पहिले अदुवाखेती गर्ने गाउँले हुन्थे । अहिले त यही खेती गर्ने नै शहरिया भएको देख्न पाइएको छ, यही खेतीबाट पक्की घर पनि बनाएका छन् ।” यो पुस्ताले अलि मेहनत गरेर कृषि पेशालाई माया गर्न सके परदेशी भूमिमा जान नपर्ने उनको भनाइ छ ।

मुलुक सङ्घीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सडक पूर्वाधार जोड्ने कामलाई प्रदेश सरकारले जोड दिएको छ । अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम, जाजरकोट राजधानी सुर्खेतसँग जोडिइसकेका छन् । दुई/तीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउँदा अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्रालि’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रालिले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरुलाई सहज भएको हो ।

अर्गानिक माउण्टेन फ्ल्याभर, इन्भेष्टर होम र ओएमएक्स विभी मर्ज भएर निर्माण भएको ‘द अर्गानिक भ्याली प्राली’ रु एक करोड तीन लाख शेयर लगानीमा सञ्चालनमा आएको प्रालीका प्रबन्ध निर्देशक समीर नेवाले जानकारी दिए । “शुरुमा प्रालीलाई नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले रु ६२ लाख ८७ हजार लगानी गरेको थियो”, निर्देशक नेवाले भने, “त्यसपश्चात् हामी आफ्नै लगानीमा प्रालीअघि बढाएका छौँ ।”

उनका अनुसार प्रालीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । हामीले सुकेको चाना पठाउने काम गर्दै आएका छौँ । खासगरी उद्योग सञ्चालनपश्चात् पहिलो पटक आर्थिक वर्ष ०७५/०७६ मा २६ टन अदुवाको चाना पठाउँदा प्रतिकिलो अमेरिकन डलर रु ४.८५ बिक्री गर्दा रु एक लाख चार हजार आम्दानी गरेको थियो ।

उनले अगाडि भने, “०७६/०७७ मा ६८ मेट्रिकटन पठाउँदा रु तीन लाख ८५ हजार अमेरिकी डलर आम्दानी गरेका छौँ । प्रालीले आफ्नो उत्पादन युरोपको विशेषगरी जर्मनीमा पठाउने गर्दछ । युरोपियन देशले चिया, तेल, क्याण्डी फ्ल्याभर्ड, मसलाजन्य वस्तुका रुपमा अदुवा प्रयोग गर्ने गर्दछन् । त्यहाँ यसको माग बढी छ ।”

प्रालिले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर रु पाँच लाख ८० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए ।

‘द अर्गानिक भ्याली प्रालि’ युरोपियन बजारमा उत्कृष्ट पाँचभित्र परेको उनले जनाए । यसले चालू आर्थिक वर्षमा अदुवाबाटै रु छ करोड ७८ लाख ६० हजार नेट आम्दानी गर्ने लक्ष्य राखेको छ । हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रालीका लागि रु ४० लाख स्वीकृत भइसकेको निर्देशक नेवाको भनाइ छ ।

प्रालिले कर्णालीको अदुवालाई युरोप निर्यात गर्न १० चरण पार गर्नुपर्दछ । शुरुमा किसानबाट सङ्कलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्दै आएको छ । यसले आफैंले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ ।

सङ्कलनपश्चात् व्यवस्थित भण्डारण गर्ने ठाउँ नहुँदा वर्षेनी ६० हजार केजी अदुवा कुहिने गरेको उनले बताए । विशेषगरी, सल्यान, रुकुम, सुर्खेत, डोटी र पाल्पाका किसानले आफूले उत्पादन गरेको अदुवा प्रतिकिलो रु ३५ मा बिक्री गर्दै आएका छन् । पुसको दोस्रो सातासम्म किसानबाट करीब ९०० मेट्रिक टन अदुवा सङ्कलन गरेको प्रालिका प्रबन्ध निर्देशक नेवाले जनाए ।

“हामीले किसानबाट उद्योगसम्म ल्याई पुर्याउँदा अदुवा प्रतिकिलो रु ४३ पर्छ”, निर्देशक नेवाले भने, “एक हजार २०० मेट्रिक टन सङ्कलन गर्ने लक्ष्य राखेको प्रालिले अहिलेसम्म रु तीन करोड ७५ लाख रकम बराबरको करीब ९०० मेट्रिक टन अदुवा सङ्कलन गरिसकेको छ ।”

प्रालिबाट अदुवा कृषकलाई पनि राम्रै आम्दानी भएको छ । विगतमा झण्झट भोग्दै आएका किसानहरुले सडक सञ्जाल जोडिएपछि आफ्ना उत्पादनको अपेक्षाकृत बजारीकरण भएको र सन्तुष्टि मिलेको बताएका छन् । शारदा नगरपालिका– १४ सल्यान मालनेटाका ५७ वर्षीय किसान कृष्णबहादुर गिरीले अदुवा आफ्नो पुर्ख्यौली खेती नै भएको बताए । उनले भने, “विगतमा यो खेती निर्वाहमुखी थियो । अहिले व्यवसायमुखी बन्दै गएको छ । अदुवा खेतीबाटै किसानहरुले अहिले दाङमा पक्की घर हाल्न सफल भएका छन् ।”

सल्यानको मालनेटा अदुवाखेतीको प्रख्यात ठाउँ भएको जनाउँदै उक्त वडाका वडाध्यक्षसमेत रहेका कृषक गिरीले यहाँको १४५ घरधुरीले अदुवाको व्यावसायिक खेती गर्दै आएको जनाए । उनले अगाडि भने, “कोरोना भाइरसका कारण अहिले हामीले अदुवा प्रतिक्वीन्टल रु तीनदेखि चार हजारमा बिक्रीवितरण गरेका छौं । बीउ अदुवा भने रु १२÷१३ हजारमा बिक्रीवितरण गरिएको छ ।”

यनको अदुवा एक÷दुई वर्षदेखि प्रशोधन गरी सुर्खेतले लिँदा किसानलाई निकै सहज भएको जनाउँदै उनले केही अदुवा दाङ भएर भारत जाने गरेको बताए । उनका अनुसार नेपालले उत्पादन गर्ने अदुवालगायतका मसालाजन्य वस्तु बिगतमा भारतमा निर्यात गरिने र त्यसले नकिन्दा अदुवाको मूल्य घटेर किसानलाई हुने घाटा सुर्खेतमा ‘द अर्गानिक भ्याली प्रालि’ले सञ्चालन भएयता कम हुँदै गएको छ ।

कर्णाली प्रदेशका प्रवक्ता एवं भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले सुर्खेतमा सञ्चालित उद्योगले कर्णालीलाई युरोपसँग जोड्ने काम गरेको बताइन् । यो प्रदेशमा अदुवा, दुग्ध, जुस, दाना, ह्याचरी, जुसलगायतका करीब २५ उद्योग यो प्रदेशमा सञ्चालन भएको बताउँदै मन्त्री केसीले सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीबाट कर्णालीको आर्थिक समृद्धि हुने दाबी गरिन् ।

“कर्णालीले आयात मात्र होइन, निर्यात पनि गर्छ भन्ने उदाहरण ‘द अर्गानिक भ्याली प्रालीले’ दिएको छ”, मन्त्री केसीले भनिन् “यस्ता स्रोत र उत्पादन कर्णालीमा धेरै छन्, यद्यपि यहाँ इच्छाशक्ति भएका उद्योग व्यवसायीको खाँचो छ ।” कर्णालीमा उद्योग सञ्चालन गर्ने उद्योगीका लागि प्रदेश सरकारले १० वर्षसम्म राजश्व नलिने नीतिगतरुपमा बोल्दै आएको छ ।

मन्त्री केसीले प्रदेश सरकारले अदुवा प्रशोधन उद्योगलाई लागत साझेदारीका माध्यमबाट सहयोग गर्ने बताउँदै उद्योग व्यवसायीका लागि उत्साहजनक वातावरण सिर्जना गर्ने जनाइन् । कर्णालीमा सञ्चालित प्राङ्गारिकमैत्री उद्योगलाई जतिसक्दो बढावा दिने र यसमा सबै तहका सरकारको दायित्व रहेको उनको भनाइ थियो ।

यता प्रालिका प्रबन्ध निर्देशक नेवाले नेपाल र त्यसमा कर्णाली अदुवाको सम्भाव्ययुक्त ठाउँ भएको बताउँदै उनले कर्णाली प्रदेश अदुवामा आत्मनिर्भर रहेको जनाए । कर्णालीका बारीमा राम्रो अदुवा फल्ने गरेको भन्दै उनले किसानले त्यसको गुणस्तरमा ध्यान दिनसके त्यसले विश्वासको वातावरणमा बलियो हुने कुरा सुझाए ।

भेरीगङ्गा नगरपालिकाका नगरप्रमुख भूपेन्द्रबहादुर चन्दले ‘द अर्गानिक भ्याली प्रालिले अदुवा सङ्कलन, प्रशोधन र निर्यात गर्न थालेपछि रोजगारी सिर्जना भएको जनाए । “हिजो प्रति किलो रु ५–१० पर्ने अदुवा अहिले रु ३०–७५ पुगेको छ । बारीमा सडेर जाने अदुवा तथा बेसार सहजै मूल्य पाउन थालको छन् । स्थानीयहरुले उद्योगमा रोजगारी पाइरहेका छन्”, नगरप्रमुख चन्दले भने ।

भारतीय बजार बन्दा हुँदा थन्किने हाम्रो मसालाजन्य वस्तुले आज युरोपियन बजार पाएको उनले बताए । उत्पादित अदुवा कुहिएर नजाओस् भन्ने हेतुले गत आवमा रु ८५ लाख भेरीगङ्गामा बनेको कोल्डस्टोर निर्माणमा बजेट विनियोजन गरिएको भन्दै नगरप्रमुख चन्दले उक्त प्रालीको प्रवद्र्धनका लागि पनि सहयोग गरिने जनाए ।

सुर्खेत चिङ्गाड गाउँपालिका निवासी डम्बर रानाले यसअघि आफ्ना उत्पादन बिक्री तथा निर्यातका लागि भारतीय बजार कुर्नुपर्ने बाध्यता सुर्खेतमै अदुवा प्रशोधन उद्योग स्थापना भएपछि छुटेकोे बताए । आफूले उत्पादन गरेको अदुवाले आफ्नै प्रदेशमा राम्रै मूल्यमा बजार पाउन थालेपछि यसले सामान्य कृषकलाई समेत व्यावसायिक खेती गर्न उत्साहित बनाएको रानाको भनाइ थियो ।

नेपालको कृषि क्षेत्रमा तुलनात्मक हिसाब अधिकांश महिला यसमा बढी संलग्न छन् । पुरुषहरु प्रायः परदेशमा गएर काम गर्ने र घरमै भए पनि पुरुषप्रधान सामाजिक संरचनाले महिला कृषि क्षेत्र धानेको पाउन सकिन्छ । यो वास्तविकता मुलुक अन्य प्रदेश भन्दा कर्णालीमा अझ बढी पाइन्छ ।

साविकको कर्णालीमा त पुरुष बढीजसो कालापहाड जाने बाध्यता अहिले पनि छ । घरको सबै काम महिलाले नै गर्नुपर्दछ । पुरुष घरमा भएपनि महिलाको जीवनको वास्तविक सहयात्री भएका उदाहरणहरु कमै मात्र पाइन्छन् । प्रालिले महिला तथा वातावरणमैत्री मात्र नभई सामाजिक सेवामुखी उद्योग निर्माण गरेको बताएको छ ।

यो उद्योगमा पनि सिजनमा ५४–६० जनाले काम गर्छन् त्यसमा एकाध पुरुषबाहेक सबै महिला छन् । त्यसैले काम महिलाले गर्ने तर त्यसको आम्दानी पुरुषको स्वामित्वमा हुने अवस्थाको अन्त्य गर्न महिलाको नाममा खाता खोलिएको प्रालिका प्रबन्ध निर्देशक नेवाले बताए ।

Advertisement

भेरीगङ्गा नगरपालिकाका स्थानीय कृषक लक्ष्मी पौडेलले उद्योगले महिलाको श्रम र मेहनतको कदर गरेको बताइन् । उनले प्रश्न गरिन्, “कृषि र श्रममा हामी महिला नै बढी सहभागी छौँ तर त्यसबाट प्राप्त लाभ हामीले नै उपयोग गर्न नपाउने ?”–शुरबहाुदर सिंह/रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top