×

NEPAL TIMES UPDATES

Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026

तोकिएकै समयमा आयकर बुझाउन सरकारको ताकेता

२८ पुष २०७७

२८ पौष, काठमाडौं । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीका बीच व्यापार प्रभावित भएको भन्दै  व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए ।

तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।

Advertisement
Advertisement

पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ । तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ ।

यसअघि उद्योग-वाणिज्यसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्रीलाई नै भेटी आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरेका थिए । सरकारले भने उद्योग-धन्दा निर्वाध सूचारु भएको भन्दै कर तिर्नुपर्ने तर्क गर्दै आएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यको करवि करीव नजिक राजस्व उठिरहेको छ । यो वर्ष वस्तु आयातमा ठूलो अन्तर नआएका कारण भन्सार राजस्व लक्ष्यको नजिक छ ।

Advertisement
Advertisement

सोमबारसम्म सरकारले ३ खर्ब ७६ अर्ब २ करोड राजस्व संकलन गरिसकेको छ । यो वर्ष कुल राजस्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड हो । आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन पुस मसान्तमा सरकारको राजस्व खातामा ठूलो रकम आउने गर्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top