प्रधानमन्त्री ओलीले अदालतमा ‘सेटिङ’ मिलाएको नारायणकाजी श्रेष्ठको आरोप

२८ पुस, पोखरा ।

Advertisement

नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी ‌ओलीले ‘सेटिङ’ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्।

Advertisement

उनले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको भन्दै सचेत हुन सर्वोच्च अदालतलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘केपी ओलीका गुटका मानिस भनिरहेका छन्, यो असंवैधानिक त हो। विधान विपरित त छ। तर, केपी बाले सेटिङ मिलाउनु भएको छ। सबै हाम्रो पक्षमा फैसला हुन्छ। निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ।’

Advertisement

संविधानमै भएको व्यवस्था प्रयोग गरेर फैसला गर्ने भएकाले प्रतिनिधिसभा पुन:स्थापित हुनेमा आफू विश्वस्त भएको उनले जिकिर गरे। ‘सर्वोच्चले संविधानसम्मत फैसला गर्छ। संविधानमा भएको व्यवस्थाअनुसार नै निर्णय गर्ने हो। यसको विकल्प छैन। अदालतले स्वतन्त्ररुपमा फैसला गर्छ, उनले भने,’ तर पनि ‘सेटिङ’का बारेमा हामी सचेत हुनैपर्छ।’

संसद विघटनविरुद्ध करिब एक दर्जन बढी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top