×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान : ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’

२९ पुष २०७७

काठमाडौं : भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ । यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए ।

भारतको नोयडास्थित स्टुडियोमा बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने जी न्युजको टोलीले सगरमाथामा दाबी प्रस्तुत गर्न भने सगरमाथा क्षेत्रमै पुग्ने अवसर पाएको छ । आश्चर्य के छ भने ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए–

Advertisement
Advertisement

मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् । 

‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । 

म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ । 

यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ । 

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ ? वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् । 

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए । 

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने । 

म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’

सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए । उनी त्यही अभियानअन्तर्गत नेपाल आएको बुझिन्छ । उनले कालापत्थरबाट ‘पिस टु क्यामेरा’ मात्र दिएनन्, स्टुडियोमा फर्किएर यो रिपोर्टको अन्त्यमा फेरि पनि सगरमाथामा भारतीय दाबी दोहोर्याए ।

‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ । 

तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यसरी नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई फेरि उद्वेलित गराएका छन् । यो विषय किन पनि गम्भीर छ भने जी न्युजको अन्यन्तै विवादापस्द पृष्ठभूमि हुँदाहुँदै पनि उनलाई देशका प्रधानमन्त्रीका सरकारी निवासमा न्यानो स्वागत गरिएको थियो ।

जी न्युजले नेपाली संवेदनशीलतामाथि निकै भद्दा आक्रमण गर्दै आएको छ । धेरै पहिले पनि होइन, ठ्याक्कै ६ महिनाअघि २६ असारमा भारतको जी च्यानलले एउटा रिपोर्ट प्रसारण गरेको थियो । जसमा नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीचको कथित संवादमा यस्तो समेत उल्लेख थियो, ‘मैले मजाक गरेको होइन, म साँच्चै तपाईंको बारेमा सोच्छु । त्यसो त तपाईंलाई सत्तामा बलियोसँग टिकाउने एउटा प्लान मसँग छ ।’

‘म तपाईंको हरेक कुरा मान्न तयार छु । के हामी यो बातचित अझै अगाडि बढाउन सक्छौँ ? मेरो मतलब के हामी सँगै डिनर गर्न सक्छौँ ?’

‘हा. हा. हा., म पनि तपाईंसँग केही पल बिताउन चाहन्छु, ता कि तपाईंको बारेमा थप जान्ने मौका पाइयोस् ।’

यो कपोलकल्पित र आपत्तिजनक रिपोर्टको सिंगो नेपालले एक स्वरले विरोध मात्र गरेको थिएन, नेपाली केबल टेलिभिजन प्रसारकहरूले जी न्युजको प्रसारणसमेत नेपालमा बन्द गरिदिएका थिए । तर, त्यही न्युज च्यानलको टोलीलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा स्वागत गरे । त्यसको बदलामा नेपाली राष्ट्रियता फेरि आहत भएको छ ।

सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान

सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भनेर सुधीर चौधरीले नेपाल आएका वेला अचानक भावनामा बगेर बोलेका होइनन् । उनी प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिने मात्र होइन, सगरमाथामाथि भारतले दाबा गर्नुपर्छ भन्ने प्रचार गर्ने उद्देश्यका साथ नेपाल आएका हुन् । उनले गत महिना मात्र (२७ मंसिरमै) सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभएर माउन्ट राधानाथ सिकदर राख्नुपर्छ भनेर विशेष रिपोर्ट प्रसारण गरेका थिए ।

Advertisement

सो रिपोर्टमा सगरमाथाको उचाइ पत्ता लगाउने व्यक्ति जर्ज एभरेस्ट नभएर राधानाथ सिकदर भएका कारण उनकै नामबाट सगरमाथाको नामकरण गर्नुपर्ने उल्लेख छ । डिएनएको अनलाइनमा प्रकाशित भिडियोसमेतको रिपोर्टमा उनले भनेका छन्– सगरमाथाको नाममा माउन्ट एभरेस्ट नभएर माउन्ट राधानाथ सिकदर राख्नुपर्छ ।, नयाँ पत्रिकामा छापिएकाे छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top