विराटनगर,जेठ १८
विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत खेमराज तिम्सिनाले आफूले कर अशुलीमा अनियमितता नगरेको बताएका छन् ।
विराटनगरमा आज पत्रकार सम्मेलनगरी उनले अखवारमा कर अनिमितता गरेको भनेर प्रकाशित समाचारले आफूलाई दु:खी वनाएको बताएका हुन् ।
उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिँदै सत्यतथ्य समाचार सम्प्रेषणगर्न संचारकर्मीहरुलाई आग्रह गरे ।
महानगरपालिकाको रानी करचौकीका प्रमुख रहेर कामगर्दै आएका तिम्सिनाले आफू रानीको करचौकीमा गएपछि राजश्व असुली वृद्धि गरेको दावी गरे ।
उनले रानी करचौकीमा पटक–पटक गएर कामगर्ने अवसर पाउदा आफूले त्याहांवाट हुने राजश्व असुली समेत उल्ललेखनीय रुपमा वृद्धि गरेकाले कर अशुलीमा अनियमितता गरेको भन्ने कुरा भ्रामक रहेको दाबी गरे ।
उनले अनियमितता गरेको भए प्रमाण देखाउन समेत चुनौती दिएका छन् । २०७० सालमा रानी करचौकीको जिम्मेवारी सम्हालेपछि २५ लाखसम्म उठने राजश्वलाई वृद्धि गरी वार्षिक ५० लाख रुपैयासम्म पु¥याएको उनले दावी गरे ।