एमसीसी लागू गर्ने हो कि खारेज गर्ने हो चाँडै निर्णय गरौंः ऊर्जा मन्त्री

२९ पौष, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्नु नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् ।

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने बताए । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाई छ ।

ऊर्जा मन्त्री रायमाझीले बेला बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण बिद्युत काटिएको नभई पुरानो संरचनाका कारण बेला बेला जाने गरेको उनको भनाई छ ।

मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्धाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको बताए । उनले मध्यावधि निर्वाचनमा जानु प्रगतिशिल कदम भएको टिप्पणी गरे ।

देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनको भनाई छ । उनले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

मन्त्री रायमाझीले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको बिहिबार देखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल भारतबीचको अन्र्तविरोध न्युनिकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिए । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्र मन्त्री स्तरीय नियमित भ्रमण रहेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top