यसपालिको हिउँदमा खासै पानी नपर्ने, वायु प्रदूषण बढ्ने सम्भावना

१ माघ, काठमाडौँ । यसपालिको हिउँदमा खासै पानी नपर्ने मौसमविद्को अनुमान छ ।

हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ ।

पोहोर यतिबेला दुईरतीन पटकसम्म हिउँदे वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । उनकाअनुसार अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने उनको भनाइ छ ।

काठमाडौँ उपत्यकामा साढे ३ महिनादेखि पानी परेको छैन । यसले गर्दा धुवाँ धुलो बढ्दै गएको छ । सुख्खा भएपछि आगलागीका घटना पनि बढ्ने भएकाले प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ । यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको मौसमविद् पौडेलले बताए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो । अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डाक्टर इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको बताइन् ।

उनकाअनुसार सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु हो । दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । यसपालि हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात् तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको कँडेलले जानकारी दिए ।

यस्तै, आज पनि देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोपछि तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने मौसमविद्ले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top