कोरोना भाइरस विरुद्धको खोप ल्याउने तयारीमा सरकार

२९ पुस ७७, बिहीबार

१ माघ, काठमाडौँ ।

Advertisement

सरकारले कोरोना भाइरस विरुद्धको खोप नेपाल भित्र्याउन नीतिगत तथा प्राविधिक व्यवस्थापनको कार्य अघि बढाएको छ । सीमित मुलुकमा खोपको विकास भएकोले सम्बन्धित देशहरूसँग सरकारका तर्फबाट आवश्यक समन्वय र समर्पक भइरहेको छ ।

चरणगत रुपमा निःशुल्क खोप अभियान सञ्चालन गर्ने तयारी अन्तर्गत खोपको भण्डारण क्षमता वृद्धिका लागि सातै प्रदेशहरूमा भण्डारण गृह बनाउने, आकस्मिक खोप प्रयोगका लागि स्वीकृति लिने, अस्पतालका बेडहरूमा सुधार, स्वास्थ्य कर्मचारी परिचालन तथा नीतिगत सुधार लगायतका काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार खोप अभियानका लागि लक्षित समूह बनाई चरणगत रुपमा मुख्य जोखिम रहेका ३ प्रतिशत स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा कार्यरत व्यक्ति, ५५ वर्ष माथिका दीर्घ रोगीलगायतको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ ।

यस्तै १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वयंसेवक परिचालन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेस् त्रिपाठीले सबै सम्भावनाहरूको पहिचान गर्दै खोपका सम्बन्धमा भारत, रुस र संयुक्त अरब इमिरेट्स लगायतका देशसँग वार्ता गरिरहेकोले नेपालमा समयमै पारदर्शी रुपमा खोप ल्याइने र लगाइने विषयमा आश्वस्त हुन सबैमा आग्रह गरे।

Advertisement

१४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लागि खोप विकास नभएका कारण बाँकी ७२ प्रतिशत नागरिकले खोप पाउने जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले दिए । जसमध्ये कोभ्यास् सुविधा अन्तर्गत २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई खोप उपलब्ध हुने प्रवक्ता डा.गौतम बताए ।

चरणगत रुपमा निःशुल्क खोप अभियान सञ्चालन गर्ने तयारी अन्तर्गत खोपको भण्डारण क्षमता वृद्धिका लागि सातै प्रदेशहरूमा भण्डारण गृह बनाउने, आकस्मिक खोप प्रयोगका लागि स्वीकृति लिने, अस्पतालका बेडहरूमा सुधार, स्वास्थ्य कर्मचारी परिचालन तथा नीतिगत सुधार लगायतका काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मिल्दो तापक्रम र भण्डारण क्षमता अनुसार माइनस २० डिग्रीको खोप लिँदा ९ लाख ११ हजार जनसङ्ख्यालाई खोप उपलब्ध हुनेछ ।

नेपाल सरकारसँग २ देखि ८ डिग्री तापक्रमको १ करोड ७७ लाख खोपको डोज भण्डारण गर्न सक्ने क्षमता रहेकोले खोपको प्राप्त भइसकेपछि ७ दिन भित्रमा खोपको कार्य सञ्चालन गर्ने तयारीमा जुटेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top