गुणस्तरहीन पुरानो ग्यास सिलिण्डर नष्ट

१ माघ ७७, बिहीबार

१ माघ, रुपन्देही ।

Advertisement

त्रिशुल ग्यास प्रालिले गुणस्तरहीन पुरानो सिलिण्डर नष्ट गर्न सुरु गरेको छ । एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगहरुमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहीन सिलिण्डरहरु नष्ट गर्न सुरु गरिएको त्रिशुल ग्यास प्रालिका व्यवस्थापक देवीप्रसाद भुसालले बताए ।

सात प्रदेशमा रहेका सातवटै कम्पनीहरुमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९० थान, सुगम ग्यास उद्योग धानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाण्डौंले ६९० थान र त्रिशुल ग्यास प्रालि रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डरहरु नष्ट गरिने भुसालले जानकारी दिए।

Advertisement

भुसालका अनुसार करिब ४९ लाख बराबरको सिलिण्डरहरु नष्ट गरिने छ । सुरक्षित र सर्वसुलभ तरिकाले सिलिण्डर उपभोक्ताको भान्सासम्म पुर्याई उपभोक्ताले प्रयोग गर्दा पनि उच्च सतर्कताले सिलिण्डर सतर्कताका साथ सबै राष्ट्रिय अन्तर्राष्ट्रिय एलपी ग्यास सिलिण्डरका मापदण्डहरु पूर्ण रुपले पालना गर्दै नष्ट गर्न थालिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top