नेपाल–भारत संयुक्त आयोगको बैठक: छलफलका विषयसूची तय

१ माघ ७७, शुक्रबार

काठमाडौँ : नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक बिहीबारदेखि भारतमा सुरु भएको छ । अनौपचारिक रूपमा सुरु भएको बैठकको पहिलो दिन नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँका अनुसार औपचारिक रूपमा आमनेसामने बसेर बैठक सुरु नभए पनि बैठकमा हुने छलफलका विषयलाई त्यसको गाम्भीर्यताका आधारमा तहगत रूपमा व्यवस्थित गर्ने काम भएको छ ।

दुवै देशका प्रतिनिधिमण्डलले आफ्नो विषयसूची एकअर्कासँग मेल खाने गरी समसामयिक आधारमा बैठकमा प्रस्तुत गर्ने तयारी पहिलो दिन गरेका छन् । त्यसका लागि भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले सहजीकरण गर्नुभएको छ । उहाँले मन्त्री ज्ञवाली दिल्ली पुग्नुअघि पनि बैठकका लागि आवश्यक तयारी, सुरक्षा व्यवस्थासहित वातावरण निर्माण गर्ने कार्यमा सक्रियता जनाउनुभएको थियो । जसका लागि उहाँले बिहीबार नै भारतीय सुरक्षा संयन्त्रका उच्चाधिकारीसँग छुट्टै छलफलसमेत गर्नुभएको थियो ।

Advertisement

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने संयुक्त आयोगको औपचारिक बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिनुभयो । नेपालले व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारतले बिहीबार बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको छ ।

यस बैठकमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । विभिन्न समयमा दुई देशबीच उठेका विवादका विषयका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महìवपूर्ण सहमति हुने अपेक्षा मन्त्रालयको रहेको छ ।

Advertisement

भारतीय विदेश मन्त्रालयले जनाएअनुसार शुक्रबार बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक सुरु हुनेछ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जसले भविष्यमा राजनीतिक मार्गनिर्देश गर्नेछ । त्यस्तै अन्य विविध द्विपक्षीय विषयका कार्यसूचीमा छलफल हुनेछ । सीमा विवादको विषयमा पनि छलफल हुन्छ ? भनेर सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयले सीमा विवादको विषय सबैलाई जानकारीमा रहेको भनेर स्वीकार गरेको छ तर उसले यस विषयमा आयोगको बैठकमा कुरा हुन्छ वा हुन्न भन्नेबारेमा भने आफ्नो प्रस्टता प्रकट गरेको छैन् । संयुक्त आयोग र सीमा वार्ता दुई फरक संयन्त्र रहेको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताउनुभएको छ ।

संयुक्त आयोग नेपाल र भारतबीच गठित संयन्त्रमध्ये राजनीतिक तहको एक उच्चस्तरीय संयन्त्र हो । विगतका समयमा लामो समय यस आयोगको बैठक बस्न सकेको थिएन । सन् २०१५ यता भने यसले निरन्तरता पाएको हो । सन् २०१९ को बैठकपछि सन् २०२० मा कोभिड सङ्क्रमणका कारण यो बैठक पछाडि धकेलिएको हो । एक परराष्ट्रविज्ञका अनुसार यो बैठक नेपाल र भारतबीचको सम्बन्ध थप सुमधुर बनाउन निकै महìवपूर्ण छ । यस बैठकलाई दुई देशबीच सबै खालका विषयमा छलफल गर्ने अधिकार प्राप्त छ ।, याे समाचार गाेरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top