नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

२ माघ, काठमाडाैँ ।

Advertisement

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक भर्खरै सम्पन्न भएको छ।

बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको बताइएको छ ।

Advertisement

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागीता रहेको थियो । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका हुन् । बैठकअघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top