‘आज काम हुन्न, भोलि आउनू’

५ माघ ७७, सोमबार
Share this
704shares

गोरखा:
दृश्य १
सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो। फारम लिनुस् न।
कर्मचारी : आजको कोटा सिद्धियो। अब भोलि १० बजे आउनू।
सेवाग्राही : अहिले भर्खर त १ बजेको छ। ४ बजेसम्म त काम भइहाल्छ नि !
कर्मचारी : यहाँ धेरै जनाको काम गर्नु छ। तपार्इंसँग धेरै बोल्ने फुर्सद छैन। भोलि १० बजे आउनुस्।

Advertisement

दृश्य २
सेवाग्राही : सर, पासपोर्ट फारम भरेको ४५ दिन भयो। मेरो पासपोर्ट आयो होला ?
कर्मचारी : घडी हेर त। आज काम हुँदैन। भोलि बिहान १० बजे आऊ है !
सेवाग्राही : किन नहुने सर ? भर्खर त साढे १ बजेको छ। तपाईंको फाँटमा अरू भीड पनि छैन। म एक्लै हो सेवाग्राही। हेरिदिनू न !

यी दृश्य हुन्, जिल्ला प्रशासन कार्यालय गोरखाको। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका थुप्रै सेवाग्राही मध्याह्न साढे १२ बजेबाटै रित्तो हात फर्कने गरेका छन्। कार्यालयले एक दिनमा ७० जनाभन्दा धेरैको नागरिकता नबनाउने र ३० जनाभन्दा धेरैको राष्ट्रिय परिचयपत्र फारम नभर्ने कोटा तोकेको छ। यसअघि अबेरसम्म फारम लिने गरे पनि केही दिनयता आफूखुसी नियम लगाइएको हो।

Advertisement

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले कर्मचारी अभावका कारण कोटा निर्धारण गरेर व्यवस्थित गर्न खोजिएको बताए। ‘कार्यालयमा दरबन्दीअनुसार पर्याप्त कर्मचारी छैनन्’, भट्टराईले भने, ‘बिहान आएदेखि साथीहरू टाउको उठाउन पाउनुभएको छैन। चिया खाने पनि फुर्सद हुँदैन। अब सेवाग्राहीले पनि कुरा बुझिदिनुपर्‍यो। तैपनि, हामी सकेसम्म सम्बोधन गर्नेछौँ।’ टाढाको सेवाग्राहीलाई सकेसम्म नफर्काउन निर्देशन दिएको उनले बताए।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top