×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीलाई रोक्ने अदालत चाहियो सहयोग गर्ने होइनः कृष्णप्रसाद सिटौला

५ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको सर्वोच्च अदालतले सही व्याख्या गर्नुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्रीका असंवैधानिक कदमलाई सहयोग गर्नेभन्दा रोक्ने अदालत आवश्यक परेको पनि बताए।

Advertisement
Advertisement

संविधानअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नरहेको सिटौलाको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको कांग्रेसले ठहर गरिसकेको सिटौलाको भनाइ छ।

‘प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसक्दाको रिसले प्रतिनिधि सभा विघटन गर्नुभयो । यो राष्ट्र र जनतामाथि उहाँले रिस पोख्नुभयो,’ काठमाडौंमा आज गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा उनले भने।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा नभएको र बहुमतको सरकार बन्न नसक्ने अवस्थामा मात्रै बाध्यात्मक रूपमा विघटन हुन सक्ने उनको भनाइ छ।

‘सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेन भने सर्वोच्च अदालत सर्वोच्च रहन्छ?,’ उनले भने, ‘सर्वोच्च नै सर्वोच्च रहेन भने अरू संवैधानिक निकायहरू रहन्छन्?’

उनले प्रधानमन्त्री ओलीको कदम सच्याउन कांग्रेस एक्लै आफ्नै संगठनलाई लिएर आन्दोलनमा जाने पनि बताएका छन्।

उक्त कार्यक्रममा बोलेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त रूपमा सडक संघर्षमा जानुपर्ने बताएका थिए।

सिटौलाले अदालतलाई आस्था बटुल्ने अवसर रहेको पनि बताए। प्रतिनिधि सभा विघटन मुद्दा अदालतमा अहिले निरन्तर सुनुवाइ भइरहेको छ।

Advertisement

‘प्रधानमन्त्रीलाई रोक्ने अदालत चाहियो सहयोग गर्ने होइन,’ उनले भने।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top