प्रचण्डद्वारा शिलन्यास नेपालकै दोस्रो लामो पक्की पुलको प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ माघ, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने भएका हुन् । यो पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सिर २२ गते पुलको शिलान्यास गरेका थिए । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुङ्गा तर्नुपर्थ्यो । राप्ती नदीमा पुल निर्माण भएसँगै यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन् । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

यो पुल पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । दाङबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत यहाँ पर्यटक आउने गरेका छन् ।

पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै झण्डै डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top