नेपालको अर्थतन्‍त्रमा ३ खर्बको क्षति, पुरानै अवस्थामा पुर्‍याउन ६ खर्ब चाहिने

६ माघ, काठमाडौँ । कोरोना भाइरस महामारीका कारण नेपालको अर्थतन्‍त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण वार्षिक उत्पादनको वृद्धिदरमा १ खर्ब ६६ अर्बको क्षति पुगेको छ। समग्र क्षतिले गर्दा गएको वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित भएको छ।

केन्द्रीय तथ्यांक विभागले गएको वर्षको वृद्धिदर २.२७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको थियो। आयोगको अध्ययनले भने वृद्धिदर घट्ने अनुमान गरेको छ।

Advertisement

महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ। यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउनका लागि विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ।

आयोगले संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्वन र आत्मनिर्भरता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने ठहर गरेको छ।

Advertisement

यो सबैका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी खर्च गर्दा कूल ६ खर्ब ६५ अर्ब लगानी आवश्यक हुने आयोगको अनुमान छ।

रोजगारीलाई पहिलेकै अवस्थामा पु¥याउनका लागि ९२ अर्ब, संक्रमण नियन्त्रण तथा राहतका लागि २ खर्ब ६९ अर्ब, आयोजना निरन्तरताका लागि १ खर्ब १४ अर्ब, नयाँ प्रणाली विकासका लागि १ खर्ब १९ अर्ब र आत्मनिर्भरता अभिवृद्धिका लागि ७३ अर्ब लगानी आवश्यक हुने छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top