प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामाथि संवैधानिक इजलासमा आजको बहस सुरू

६ माघ, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ ।

Advertisement

आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

Advertisement

एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top