ओलीले विदेशीको लम्पसार परेर पार्टी फुटाए : प्रचण्ड

६ माघ ७७, बुधबार

६ माघ, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात भएको बताए ।

Advertisement

मंगलबार आफु निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुर्नस्थापित गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको बताएका हुन् । उनले यस कदमलाई हरमूल्यमा रोक्ने पनि बताए ।

अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताए । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उनको टिप्पणी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top