विराटनगर,जेठ २०
नेपालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ ।
श्वासप्रश्वास,मुटु रोग सँगै दुवै मृगौला फेल भएर डाइलासिस गर्दै आएका शाहीको उपचारका क्रममा निधन भएको हो ।
७६ वर्ष उमेरका शाहीको ग्राण्डी अस्पतालमा आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।
लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।
भतिजा नेत्रबहादुर शाहीका अनुसार उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने छ ।