झापा र मोरङबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

६ माघ ७७, बुधबार

७ माघ, विराटनगर । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट मंगलवार राती नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-८ बाट २ ग्राम ब्राउनसुगर, कोरेक्स तीन बोतल, नाईकाभेट १७ ट्याब्लेट र नगद ११ हजार सहित स्थानीय २४ बर्षीय बिनोद पोदार र १८ बर्षीय अजय पोदारलाई मंगलवार राती साँढे ८ बजे पक्राउ गरेको हो ।

यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ बाट कमल गाउँपालिका-५ का २५ बर्षीय प्रकाश फुयाल लुपिजेसिक ४ एम्पुल, प्रोमेथाजिन ४ एम्पुल, र डाईजेलाब ४ एम्पुल गरी जम्मा १२ एम्पुल लागु औषध सहित मंगलवार साँझ साँढे ६ बजे पक्राउ परेका हुन् ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१६ बाट स्थानीय ३१ बर्षीय राकेश राई ५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मंगलवार राती सवा ९ बजे राईलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top