बेलायतबाट नेपाली तथा एनआरएनएलाई शर्तसहित आउन अनुमति

७ माघ, काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा यात्रु ल्याउन एयरलाइन्सहरुलाई रोक लगाइएको छ ।

यसबाट नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीसमेत समस्यामा परेका छन् । यस अवस्थामा सरकारले नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकका लागि सहजीकरण गरेको छ । अध्यागमन विभागले ५ माघमा अध्यागमन नीतिबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार बेलायतबाट सुरु उडान वा ट्रान्जिट भई आउने सबै यात्रुलाई अर्को सूचना नभएसम्म नेपाल आगमनमा रोक लगाइएको छ । तर, एकाघरका आफन्तको मृत्यु भई वा गम्भीर उपचारका लागि नेपाल आउनै पर्ने भएमा नेपाली नागरिक, गैरआवासीय नेपाली र निजका सन्तानलाई नेपाल आउने बाटो खुलेको छ ।

त्यसका लागि उनीहरुले बेलायतस्थित कुटनीतिक नियोगको सिफारिसमा नेपालमा प्रवेश अनुमति लिनुपर्नेछ । नेपाल आउनु अगाडि ७२ घण्टाको पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण पत्र भने यस अवस्थामा समेत अनिवार्य गरिएको छ ।

विभागका अनुसार विदेशस्थित नेपाली नियोगबाट बेलायतबाहेक अन्य मुलुकका लागि पर्यटक भिसा जारी रहेको छ । तर, जुनसुकै मुलुकबाट पनि यात्रा अनुमति पत्र वा आकस्मिक राहदानी बोकेर नेपाल छिरेका विदेशीले भने नेपाल प्रवेशका लागि अनअराइभल भिसा पाउने छैनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top