×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

७ माघ २०७७

७ माघ, काठमाडौँ ।

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्यान्ह तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।

Advertisement
Advertisement

उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेल बताउँछन् । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।

हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।

६ दिनको अवधिमा नागरिक एप तीन लाख बढीले डाउनलोड गरेतापनि दुई लाख २५ हजार अर्थात् ७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेका छैनन् । धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन नसकेको सूचना अधिकारी पोखरेल बताउँछन् ।

उनका अनुसार ८५ हजार प्रमाणीकरण भएका प्रयोगकर्तामध्ये बुधबार मध्यान्न (१२ बजे) सम्म ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् । परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएतापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको पोखरेल बताउँछन् ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारी बताउँछन् ।

केन्द्रको तथ्याङ्कअनुसार हालसम्म ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । यसैगरी, १९ हजार १०९ जनाले एसएलसीको प्रमाणपत्र र आठ हजार ४८६ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् ।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याईएको हो । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

Advertisement

धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासोपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । मन्त्रालयले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरु भएको जनाएको हो । नागरिकतामा भएको त्रुटि आफैँले सच्याउँन मिल्ने प्रविधिको विकास गर्ने काम अघि बढाइएको जनाइएको छ ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top