×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

राष्ट्रपति ट्रम्पका चार वर्ष : निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

७ माघ, काठमाडौं।
समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लीकन पार्टीबाट उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।

निकै प्रतिस्पर्धात्मक यस चुनावमा धाँधली भएको भन्दै घाइते बाघ झैं देखिनु भएका राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दिनहरुमा अमेरिकी लोकतन्त्रकै आधारमाथि प्रहार गरेका थिए । अमेरिकी निर्वाचन प्रणालीलाई तेस्रो विश्वका देशसँग तुलना गरेका राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा हार स्वीकार नगर्ने मात्र होइन, आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई जितका लागि बधाई समेत नदिई उनी बुधबार बिहानै ह्वाइट हाउस छाड्ने तयारीमा छन् । ह्वाइट हाउसको प्राङ्गणमा हुने भव्य सपथ कार्यक्रममा पूर्व राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई बधाई दिएर आफू विदा हुने परम्परा यसपटक तोडिँदै छ ।

Advertisement
Advertisement

हुनत, राष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकाल निकै आरोह अवरोहबाट गुज्रिएको थियो । मध्य रातमा गर्ने धाराप्रवाह ट्वीटबाट उनले नीतिगत निर्णय लिनुका साथै ह्वाइट हाउसका आफ्नै मन्त्रीहरु रातारात कोपभाजनमा पर्ने गरेका थिए । आज के होला ? भोलि के होला ? भन्ने अनुमान कसैले गर्न सक्दैनथे । आफ्नो कार्यकालभरि निकै विवादित छवि बनाउनु भएका ट्रम्पको मुख्य ध्यान “अमेरिका पहिलो” भन्ने नै थियो । यो मूल नीतिभित्र अनेक विषय समेटिएका थिए । अमेरिकालाई विश्वमै प्रथम अर्थात अति शक्तिशाली बनाउने अभियानको शुरुवात नै विवादमा परेको थियो ।

नीतिगत हलचल, पहिलो असफल पाइला
राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए । त्यसबाहेक पेरिस जलवायु सम्झौता र ट्रान्स–प्यासिफिक व्यापार सम्झौता खारेज गरेका थिए । यी सम्झौताले अमेरिकी रोजगारमाथि धावा बोलेको उनको भनाई थियो । अमेरिकाभित्रै विवादको घेरामा परेको विषय थियो, आप्रवासी र मुस्लिम विरोधी मामिला । ट्रम्पले दक्षिण अमेरिकी मुलुकहरुबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने व्यक्तिहरुलाई “पशु” को संज्ञा दिँदै उनीहरुलाई रोक्न पर्खाल निर्माण गर्ने मुख्य मुद्दा थियो जसका लागि आवश्यक बजेट व्यवस्था गर्न ट्रम्पकासामु फलामको च्यूरा चपाएसरह भएको थियो । कट्टरपन्थी मुस्लिम राष्ट्रबाट अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पका प्रयासलाई अदालतले उल्ट्याइदिएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा कैयौं व्यक्तिलाई सल्लाहकार समूह र मन्त्री पदबाट बर्खास्त गरेका थिए ।

कोरोनाबाट आक्रान्त अमेरिका
कोभिड–१९ को महामारी नियन्त्रणमा ट्रम्पले गरेका कैयौं दाबी पानीका फोका सरह सावित भएका थिए । “चाइना भाइरस” भनेर कोभिड–१९ का सन्दर्भमा राष्ट्रपति ट्रम्पले गरेका मनगढन्ते भनाईलाई पत्याएर धेरै अमेरिकीको ज्यान गएको अध्ययनहरुले देखाएका छन् । कोरोना नियन्त्रणमा प्रभावकारी मानिएका उपायहरु मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता सामान्य नियमलाई उपहास गरी उनले हजारौंलाई आफ्ना चुनावी सभाहरुमा आमन्त्रण गरेका थिए, र आखिरमा उनीँ आफैं कोभिड–१९ को शिकार भए । महामारीको सर्वाधिक ठूलो चपेटामा परेको अमेरिकामा राष्ट्रपतिको कार्यकाल सकिने दिन जनवरी १९ सम्ममा चार लाखभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस संक्रमणले अमेरिकीको ज्यान मात्र लिएन ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । राहत प्याकेजको पर्खाइमा लाखौं अमेरिकी लामबद्ध छन् र बेरोजगारको संख्या दिनहुँ बढ्दो छ ।

चीनसँगको व्यापार युद्ध
चीनसँग व्यापार युद्ध छेड्नु भएका राष्ट्रपति ट्रम्पसामु यसलाई टुंगोमा पु–याउनु अर्को सबैभन्दा ठूलो टाउको दुखाई भएको थियो । विश्वका दुई ठूला अर्थतन्त्र रहेका दुई मुलुकबीचको व्यापार असन्तुलन बढेको भन्दै राष्ट्रपति ट्रम्पले अर्बौं डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्नुभयो र त्यसको बदलामा चीनले पनि करवृद्धि गरेको थियो । करवृद्धिको कोपभाजनमा हुवावे, जेडटिई समेतका चिनियाँ प्रविधि कम्पनीहरु परेका थिए । चौतर्फी घेराबन्दी गरिए पनि चीन र अमेरिकाबीचको व्यापार असन्तुलन ट्रम्पको कार्यकालमा पनि घटेन । चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०२० मा पनि अमेरिकासँगको व्यापार अन्तर झण्डै ११ प्रतिशत वृद्धि भएर ३०० अर्ब डलर बचतमा रहेको उल्लेख छ ।

उत्तर कोरियाली नेतासँग प्रत्यक्ष वार्ता
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनसँग दुई पटक प्रत्यक्ष वार्ता गर्नुका साथै उत्तर–दक्षिण कोरियाको सीमावर्ती शहर पामनुमजोङ पुगेर उत्तर कोरियाको भूमि टेके, र दुई नेताबीच अनौपचारिक कुराकानी भए । तर कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने सम्बन्धी दुई देशबीच हुने भनिएका कैयौं वार्ता प्रयत्न र अन्तिम सम्झौता हुन सकेन । अझ कोभिड–१९ को हालको परिस्थितिमा वार्तामा खासै प्रगति नभइरहेको अवस्थामा उत्तर कोरियाले हालै सम्पन्न वार्षिक समारोहमा अझ नयाँ र शक्तिशाली हतियार प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ती
राष्ट्रपतिको चुनाव हुनु एक महिनाअघि अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीशको मनोनयन र नियुक्ति पनि अर्को विवादास्पद विषय बन्यो । आम प्रचलन विपरीत राष्ट्रपति ट्रम्पले मनोनयन गर्नु भएकी न्यायाधीश एमी कोने ब्यारेटलाई डेमोक्रेटको विरोधका बाबजूद रिपब्लीकनको बहुमत रहेको सिनेटले छोटो सुनुवाईमै अनुमोदन गरिदिएको थियो ।

जातीय विभेदको आरोप
राष्ट्रपति ट्रम्पको कार्यकालभर जातीय अल्पसंख्यकमाथि अत्याचार गरेको आरोप लागिरह्यो । अमेरिका गोराहरुको हो ९ह्वाइट सुप्रिमेसिस्ट० भन्ने धारणाले अमेरिकी समाजभित्र गहिरो विभाजनको रेखा कोर्दै थियो । यही सिलसिलामा गोरा प्रहरीको कारबाहीमा जर्ज फ्लोएड समेतका केही अश्वेत व्यक्तिको मृत्युले पूरै अमेरिकालाई हल्लाइदिएको थियो । अश्वेतको जीवनको महत्व छ अर्थात् ब्लाक लाइभ्स म्याटर भन्ने आन्दोलन देशव्यापी चर्कियो, तोडफोड र हुलदंगाहरु भए । यो आन्दोलन अमेरिकामा मात्र सीमित भएन, युरोपका बेलायत र फ्रान्स सहित अन्य मुलुकमा फैलियो ।

मध्यपूर्व र अफगानिस्तान
ट्रम्पको कार्यकालमा मध्यपूर्वको नीति निकै चर्चित रह्यो, तर यो नीति राष्ट्रपति ट्रम्पको कार्यकालको अन्त्यतिर सार्वजनिक गरिएको थियो । यस नीतिको प्रमुख पक्ष भनेको छुट्टै राज्यको माग गरी लामो समयदेखि संघर्षरत प्यालेस्टिनीको मुद्दालाई बेवास्ता गरी इजरायलसँग युनाइटेड अरब इमिरेट्स, बहराइन र सुडानको कुटनीतिक सम्बन्ध कायम गको थियो ।

यसको आगामी दिनमा कस्तो असर पर्नेछ यसै भन्न सकिन्न । मध्यपूर्वमा टाउको दुखाई बनेको अर्को विषय हो, इस्लामिक स्टेटका नेता अबुबाकर अल बग्दादीको सन् २०१९ मा मृत्यु । अमेरिकी सैनिक कारबाहीमा उनी मारिनुका साथै जिहादी क्यालिफेट ध्वस्त पारिएको थियो । साथै इरानका सैन्य कमान्डर सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा भएको हत्याले पनि मध्यपूर्वमा तनावको वातावरण बनाइरह्यो ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट सबै अमेरिकी फौज फिर्ता लैजाने गरी अफगानिस्तानमा संघर्षरत तालिबान समूहसँग अमेरिकाको सम्झौता नै भयो । हाल अफगानिस्तानमा सीमित संख्यामा अर्थात् २५०० मात्र सैनिक राख्ने सहमति भएको छ । अफगान सरकार र तालिबानबीच वार्ता जारी छ, तर युद्धविराम गर्ने वा शान्तिको मार्गचित्र बनाउन यी वार्ताहरु अझै सफल हुन सकेका छैनन् ।

दुई पटक महाभियोग
अमेरिकी इतिहासमै एकै राष्ट्रपतिमाथि एक कार्यकालभर दुई पटक महाभियोगको सामना गर्ने राष्ट्रपति ट्रम्प एक्ला राष्ट्रपति छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कारबाही गर्नेगरी ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमर जेलेन्स्कीलाई दबाब र प्रभावमा पारेको समाचार बाहिरिएपछि ट्रम्पमाथि पहिलो पटक महाभियोग लगाइएको थियो । तर डेमोक्रेट पार्टीको बहुमत रहेको हाउसले पारित गरेको यो प्रस्तावलाई रिपब्लीकनको बहुमत रहेको सिनेटले अस्वीकृत गरेको थियो । तर दोस्रो महाभियोग निकै गम्भीर प्रकृतिको छ ।

संसदमा ट्रम्प समर्थकको उपद्रो
चुनावमा धाँधली भएको ट्रम्पको दाबीलाई अमेरिकाका अदालत, जाँच निकायहरु, र अन्य सरकारी निकाय सहित महान्यायाधीवक्ताले अस्वीकार गरेपछि पनि ट्रम्पलाई चित्त बुझेका थिएन । ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनलाई संसदले प्रमाणीकरण गर्ने दिन ह्वाइट हाउसमा आफ्ना समर्थकलाई भेला गराए, र त्यहाँ उनले दिएको भाषणबाट उत्तेजित भएका व्यक्तिहरुले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरे जुन घटनामा एक प्रहरी सहित पाँच जनाको मृत्यु भयो ।

हिंसाका लागि उक्साएको र चुनावमा धाँधली भएको भन्ने मनगढन्ते आरोप भन्दै अमेरिकी प्रविधि कम्पनीहरु ट्वीटर, फेसबुक, युट्युब समेतका सामाजिक सञ्जालले ट्रम्पका खाताहरु नै बन्द गरिदिए । अमेरिकी इतिहासमै लज्जाजनक अप्रजातान्त्रिक भनी चित्रण गरिएको संसदमाथिको हमलापछि ट्रम्पमाथि पुनः महाभियोग प्रस्ताव तल्लो सदनमा दर्ता भयो, र त्यो पारित पनि भयो ।

अब त्यसको सुनुवाई ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउस छाडेपछि सिनेटमा हुनेछ । सिनेटले यो प्रस्ताव पारित गरे ट्रम्पको राजनीतिक करिअर नै समाप्त पनि हुन सक्नेछ । संसदमा आक्रमण भएलगत्तै राष्ट्रपति निर्वाचित जो बाइडेनले प्रतिक्रिया दिँदै भने, “विगत चार वर्षदेखि जसले हाम्रो प्रजातन्त्र, हाम्रो संविधान र कानुनी शासनको अवहेलना गरे हिजो ती सबै कुराको एकीकृत रुप देखियो ।”

Advertisement

अमेरिकी प्रेस समेत सर्वत्र आक्रामक शैली अपनाएका अस्थिर स्वभावका राष्ट्रपति ट्रम्प अब फेरि चार वर्षपछि सन् २०२४ मा राष्ट्रपतिमा उम्मेदवार बन्नुपर्छ भन्ने उनका समर्थकको नाराले अमेरिकी समाजमा अझै सन्त्रास फैल्याएको अमेरिकी मुलधारका सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । (अन्तर्राष्ट्रिय समाचारमा आधारित)रासस

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top