Nepal Times
Nepal Times
3
Shares

गजल : कस्तो माया ?

गजल : कस्तो माया ?

सपनीमा मैले तिम्लाई देखेजस्तो लाग्छ।
छुरा तिम्रा बचनले रेटेजस्तो लाग्छ।।

रोइकराई तिम्रो माया मलाई देउ भन्दै।
तिमिले नै मेरो बाटो छेकेजस्तो लाग्छ।।

तिम्लाईमाया गर्छु भनि ततायौ पहिले मलाई ।
अहिले धोका दिन पहिले सेके जस्तो लाग्छ ।।

पर हुदा सम्झनामै हाम्रो माया दरो थियो।
छुट्यो अहिले बिछोड हुन भेटे जस्तो लाग्छ।।

मेरो हातमा एउटा प्रेम बिछोडको चिट्ठी आछ ।
अक्षर हेर्दा तिमीले नै लेखे जस्तो लाग्छ ।।

✍️दुर्गेस बन्जारा (लुरे काजी)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.