×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी

८ माघ २०७७

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रअरीभित्र सुरुङमा मेलम्ची खोलो छिराएर ९पथान्तरण० परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै लागेकाले पुनः परीक्षण तयारी थालिएको हो,’ उनले नागरिकसँग भने । उनका अनुसार सुरुङको गेट रहने संरचनामा कंक्रिटिङ ढलान गर्ने र फ्रेम झुन्डाउने काम सकिएको छ । अहिले झुन्डाइएको गेट कस्ने काम भइरहेको छ ।

Advertisement
Advertisement

आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको विज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन गरिरहेको छ । सुरुङ र गेट विज्ञ सम्मिलित टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि परीक्षणको काम सुरु हुने प्रवक्ता पन्तले जानकारी दिए । ‘विज्ञ टोलीले जनवरीको अन्तिमसम्म प्रतिवेदन बुझाउने भनेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा फेब्रुअरीदेखि सुरुङ परीक्षण थाल्ने तयारी छ ।’

Advertisement

आयोजनाका अनुसार विज्ञले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन बुझाउने भने पनि गेटकै काम सकिएन । विज्ञले प्रतिवेदनमा केही त्रुटि औंल्याए पहिला त्यो सच्याउने काम हुने प्रवक्ता पन्त बताउँछन् । त्रुटि भेटिएपछि नै नयाँ डिजाइनअनुसार पुनः गेट जडान गर्ने काम भइरहेकाले ससानाबाहेक ठूला कमजोरी फेला नपर्ने आयोजनाको विश्वास छ ।,आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top