अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् ।

अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देखिएको हो ।

संयुक्त आवासको स्वामित्वसम्बन्धी नियमावली, २०६० मा संयुक्त आवास भवन निर्माण तथा सञ्चालन भए नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्न सकिने व्यवस्था छ भने नियमविपरीत आवास भवन निर्माण तथा सञ्चालन गरेको देखिएमा कार्य गर्न रोक लगाउन सक्ने व्यवस्था छ । तर सहरी क्षेत्रमा नियमविपरीत भवन निर्माण भए पनि सरोकारवाला निकायले चासो दिएको पाइएको छैन ।

Advertisement

काठमाडौं रविभवनस्थित सोल्टी सिटीमा केही दिनअघि मात्र आगलागी भयो । आगो नियन्त्रणका लागि गएको टोलीले अपार्टमेन्टमा प्रवेश गरेर आगो नियन्त्रणको प्रयास गर्दा अपार्टमेन्टमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरणले काम नै नगरेको पाइएको छ । अपार्टमेन्टमा आकस्मिक रूपमा निस्कन मिल्ने द्वार र भ¥याङ भित्र र बाहिर दुवै ठाउँमा हुनुपने मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।

अपार्टमेन्टको तेस्रो तल्लामा विद्युत् सर्ट भएर आगलागी भएको थियो । स्थानीयले भने कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग र वायरिङमा लापरबाहीका कारण आगलागी भएको आशंका गरेका छन् ।

Advertisement

सोल्टी सिटीको मात्र नभएर उपत्यकाका अधिकांश अपार्टमेन्ट र व्यापारिक प्रयोजनका लागि निर्माण भएका ठूला भवनमा जडान गरिएका अग्नि नियन्त्रणसम्बन्धी उपकरण काम नलाग्ने अवस्था छन् । कुनै कारण आगलागी भएको खण्डमा त्यहाँ ठूलो दुर्घटना निम्तने खतरा देखिएको छ ।

त्यस्ता उपकरणको समय समयमा चेकजाँच गर्ने काम भएको छैन भने सरोकारवाला निकायले पनि कुनै चासो दिएको छैन । भवन निर्माणको नमुना मापदण्ड २०७१ मा ५ तला भन्दा बढी तल्ला भएको वा १५ मिटरभन्दा बढी उचाइ भएको भवनको निर्माण गर्दा मुख्य तथा वैकल्पिक भ(याङको साथै बार्दलीबाटको पहुँच, करिडर तथा लवीबाटको पहुँच हुनुपर्ने, लिफ्ट तथा फायर लिफ्टहरूको अवस्थिति, अग्नि सूचक प्रणाली(नेटवर्कको डिटेललगायतका विषय समावेश गरिनुपर्ने उल्लेख छ । सहरी क्षेत्रमा धमाधम अपार्टमेन्ट तथा ठूला भवनको निर्माण भइरहँदा नियमका पालना भने कमै भएको पाइएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top