नेपालगन्ज भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली

७ माघ ७७, बिहीबार

८ माघ, कोहलपुर ।
बाँकेको नेपालगन्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा दुई अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका छन् ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा नौ अर्ब ९० करोड अर्थात् ३०।६० प्रतिशत राजस्व असुली गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगन्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिएका छन् ।

Advertisement

भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने संकेत देखिएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top