×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

शोकमा तानसेन बजार बन्द

२० जेष्ठ २०७५

पाल्पा, जेठ २०

रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ ।

Advertisement
Advertisement

मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथा व्यवसाय बन्द गरेको जानकारी दिए।

सहकारीका अभियन्ता तथा पाल्पाका उद्योगी व्यवसायीको निधनले ठूलो क्षति पुगेको छ ।

तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली अवलोकन भ्रमणका लागि रामपुरतर्फ जाँदैगर्दा उनीहरु सवार लु१ख ९७५ नंको बस हुँमिनको धारादीमा दुर्घटना भएको थियो ।

सहकारी पनि बन्द 

जिल्ला सहकारी संघका सचिव विष्णु बम्रेलका अनुसार सहकारीका अभियन्ताका निधनका कारण शोकमा जिल्लाभरका सहकारी बन्द रहेका छन् ।

डिभिजन सहकारी पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित १४ जनाको निधनले सहकारी आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।
रासस

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top